back
CTIZAN AD

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

वि.सं.२०८३ साउन ७ बिहीवार

288 

shares

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालय परिसरमा भएको विद्यार्थी प्रदर्शनका क्रममा प्रहरीले गरेको धरपकड र दमनको विरोध गर्दै पक्राउ परेका विद्यार्थी नेता तथा प्रतिनिधिहरूलाई तत्काल बिनासर्त रिहा गर्न माग गरेको छ।

बिहीबार अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाद्वारा जारी प्रेस विज्ञप्तिमा त्रिभुवन विश्वविद्यालयमा मेरिटोक्रेसीको पूर्ण कार्यान्वयन, सेवा आयोगको नियुक्ति पुनरावलोकन तथा शिक्षा क्षेत्रमा बढ्दो सरकारी हस्तक्षेपको विरोधमा भइरहेको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले बल प्रयोग गरेको भन्दै आपत्ति जनाइएको छ।

अखिल (क्रान्तिकारी) का अनुसार प्रहरी कारबाहीका क्रममा संगठनका त्रिभुवन विश्वविद्यालय जिल्ला समिति कार्यवाहक संयोजक तथा त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य तेज प्रकाश सन्ज्यालसहित सबै विद्यार्थी नेता तथा प्रतिनिधिलाई तत्काल बिनासर्त रिहा गर्न सरकारसँग माग गरेको छ।

विज्ञप्तिमा त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिकोत्सव तथा अन्य शान्तिपूर्ण कार्यक्रममा सहभागी हुन पुगेका विद्यार्थी प्रतिनिधि र नेताहरूलाई पक्राउ गरिएको घटनालाई दुःखद, निरंकुश र निन्दनीय भन्दै आलोचना गरिएको छ।

संगठनले नागरिकको संवैधानिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक हकमाथि हस्तक्षेप गरिएको आरोप लगाएको छ। साथै, विश्वविद्यालयको स्वायत्तता र विद्यार्थी अधिकारमाथिको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेको छ।

विज्ञप्तिमा आफ्ना मागलाई बेवास्ता गर्दै दमन र धरपकड जारी राखिए थप सशक्त र कडा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ।

पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा मेरिटोक्रेसी, सेवा आयोगको नियुक्ति, विश्वविद्यालयको स्वायत्तता तथा शैक्षिक नीतिका विषयमा विद्यार्थी संगठनहरूले आन्दोलन गरिरहेका छन्। यसैक्रममा भएको प्रदर्शन र प्रहरी हस्तक्षेपपछि विश्वविद्यालयको वातावरण थप तनावग्रस्त बनेको छ।

वि.सं.२०८३ साउन ७ बिहीवार २०:०९ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...