back
CTIZAN AD

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

वि.सं.२०८३ साउन ७ बिहीवार

69 

shares

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग, अन्दाज वा परीक्षणको भरमा सम्भव नहुने बताएका छन्। पछिल्लो समय समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै आएका उनले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्।

देशको भविष्य स्पष्ट दूरदृष्टि, तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिबाट मात्र सुनिश्चित हुने उल्लेख गर्दै उनले आगामी ५, १० वा २० वर्षको लक्ष्य र योजना बिना शासन सञ्चालन गरिरहँदा देश प्रगतितर्फ नभई ठप्प अवस्थातर्फ उन्मुख हुन सक्ने चेतावनी दिएका छन्।

पछिल्लो समय सामाजिक, राजनीतिक तथा राष्ट्रिय महत्वका विषयमा आफ्ना धारणा सार्वजनिक गर्दै आएका हमालले शुक्रबार सामाजिक सञ्जालमार्फत देशको शासन प्रणालीप्रति आफ्नो चिन्ता व्यक्त गरेका हुन्। उनले देश सञ्चालनलाई “हिट एन्ड मिस” अर्थात् अन्दाज र परीक्षणको भरमा अघि बढाउने प्रवृत्तिले राष्ट्रलाई सही दिशामा लैजान नसक्ने बताएका छन्।

उनले लेखेका छन्, “देशको शासन प्रणाली नै “हिट एन्ड मिस” अर्थात् अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी होरु कुनै राष्ट्रको भविष्य संयोगमा होइन, दूरदृष्टि, तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिमा निर्माण हुनुपर्छ।”

हमालका अनुसार कुनै पनि सरकारको सफलता दैनिक समस्या समाधानमा मात्र सीमित हुन हुँदैन। उनले राज्यले अल्पकालीन व्यवस्थापनसँगै दीर्घकालीन राष्ट्रिय लक्ष्य निर्धारण गरी त्यसअनुसार नीति, योजना र कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

उनले आगामी ५, १० वा २० वर्षपछि देश कहाँ पुग्नेछ भन्ने स्पष्ट दृष्टिकोण र यथार्थपरक पूर्वानुमानबिना शासन सञ्चालन गर्नु जोखिमपूर्ण हुने उल्लेख गरेका छन्। उनका अनुसार केवल तत्काल देखिएका समस्या समाधानमै केन्द्रित भएर भविष्यको तयारी नगर्ने हो भने तीव्र गतिमा परिवर्तन भइरहेको विश्वसँग प्रतिस्पर्धा गर्न कठिन हुनेछ।

‘भविष्यप्रतिको स्पष्ट दृष्टिकोणबिना, र आगामी ५, १० वा २० वर्षमा देश कहाँ पुग्नेछ भन्ने यथार्थपरक पूर्वानुमान गर्न नसकी, केवल दैनिक व्यवस्थापनका समस्यामै अल्झिरहने हो भने, तीव्र गतिमा परिवर्तन भइरहेको आजको विश्वमा देश वास्तवमा प्रगतितर्फ होइन, ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ,’ उनले आफ्नो धारणा व्यक्त गरेका छन्।

उनको भनाइमा नीतिगत स्थायित्व, अध्ययनमा आधारित निर्णय, सक्षम नेतृत्व र दीर्घकालीन राष्ट्रिय रणनीतिबिना समृद्धि हासिल गर्न सम्भव छैन। बदलिँदो विश्व परिवेशमा प्रविधि, अर्थतन्त्र, शिक्षा, पूर्वाधार र रोजगारीका क्षेत्रमा स्पष्ट लक्ष्यसहित अघि बढ्न नसके नेपाल विकासको दौडमा पछि पर्ने उनको संकेत छ।

वि.सं.२०८३ साउन ७ बिहीवार १८:१५ मा प्रकाशित

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए जग्गाधनी पुर्जा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए जग्गाधनी पुर्जा

भद्रपुर ।झापां, ।  झापाको अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित...

पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीए

पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीए

जनकपुरधा । नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक गोविन्दकुमार साह आफैँ...