back
CTIZAN AD

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

वि.सं.२०८३ साउन ७ बिहीवार

252 

shares

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र मतभेदलाई मर्यादित बनाउन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आजका कटु अभिव्यक्तिले भोलिको सहकार्यलाई प्रभावित पार्न सक्ने उल्लेख गर्दै नेता–कार्यकर्तालाई संयमित र मर्यादित भाषा प्रयोग गर्न अपिल गरेका हुन्।

भण्डारीले लेखेका छन्, ‘पूर्व भनेको गालीगलौज, आरोप–प्रत्यारोप र व्यक्तिगत आक्रमण होइन, बरु अनुभवको पटेरो हो। तसर्थ अनुभवबाट निर्मित विचार, विचारले खोजेको तर्क र तर्कले बढाएको प्रतिस्पर्धाले मात्र उचाइ बढाउँछ, चरित्रको हत्याले होइन। असहमति राखौं, तर मर्यादा नत्यागौं।’

सन्देशमा उनले वर्तमान मतभेद अस्थायी हुने र अन्ततः सबै नेता–कार्यकर्ता एउटै संगठनभित्र सहकार्य गर्नुपर्ने यथार्थ स्मरण गराएका छन्। ‘अन्ततः हामी फेरि एउटै चौतारीमा भेट्नु नै छ। त्यतिबेला आफ्नै शब्द सम्झेर शिर झुकाउन नपरोस्,’ उनले लेखेका छन्।

उनले नेपाली कांग्रेस कसैको निजी सम्पत्ति नभई हजारौं कार्यकर्ताको त्याग, संघर्ष र बलिदानबाट बनेको साझा विरासत भएकाले यसको गरिमा जोगाउने दायित्व सबै नेता–कार्यकर्ताको भएको बताएका छन्।

भण्डारीका अनुसार कांग्रेस पहिलो पुस्ताले निश्चित लक्ष्यका साथ निर्माण गरेको, हजारौंले ज्यान दिएर जोगाएको र अहिलेको पुस्ताको जिम्मेवारी त्यसलाई अझ सुदृढ बनाउनु हो। उनले लेखेका छन्, ‘कांग्रेस पार्टी निश्चित लक्ष्य लिएर पहिलो पुस्ताले निर्माण गरेको, हजारौंले ज्यान दिएको, दोस्रो पुस्ताले इतिहास बिर्सेर फोहोर बनाएको र तेस्रो पुस्ताले सफा गर्न थालेको साझा विरासत हो। त्यसैले यो कसैको निजी सम्पत्ति होइन, सबैको साझा जिम्मेवारी हो।’

उनले सार्वजनिक पदमा रहेका व्यक्तिको भाषा, व्यवहार र आचरण पदको गरिमाअनुसार हुनुपर्नेमा जोड दिएका छन्। पदले भद्रता, संयमता, धैर्यता, शिष्टता र जिम्मेवारीको भावना बढाउनुपर्ने भए पनि पछिल्लो समय कतिपय अवस्थामा पदको उचाइसँगै भाषा र व्यवहारको स्तर झन् खस्किएको देखिएको उनको टिप्पणी छ।

भण्डारीले असहमति लोकतान्त्रिक अभ्यासको स्वाभाविक पक्ष भए पनि त्यसलाई गालीगलौज, आरोप–प्रत्यारोप र व्यक्तिगत आक्रमणमा रूपान्तरण गर्नु उचित नहुने बताएका छन्। उनका अनुसार विचार, तर्क र स्वस्थ प्रतिस्पर्धाले नेतृत्वको उचाइ बढाउँछ भने चरित्रहत्या र कटुताले संगठनलाई कमजोर बनाउँछ।

कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै नेतृत्व र संगठनबारे विभिन्न तहमा बहस तीव्र भइरहेका बेला भण्डारीको यो सन्देशलाई पार्टीभित्र संयम, संवाद र एकताको आवश्यकता औँल्याउने सन्देशका रूपमा हेरिएको छ।

 

वि.सं.२०८३ साउन ७ बिहीवार १८:५४ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...