back
CTIZAN AD

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

वि.सं.२०८३ साउन ७ बिहीवार

204 

shares

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, विश्वास जितेर र सहज वातावरण सिर्जना गरेर कर संकलन गर्न कर प्रशासकहरूलाई आग्रह गरेका छन्।

बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उनले कर प्रशासनप्रति नागरिकको विश्वास बढाउने गरी काम गर्न आग्रह गरेका हुन् ।

“करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्,” अर्थमन्त्री वाग्लेले भने, “मैले बजारमा सुन्न पाऊँ— कर प्रशासनमा ठूलो सुधार भएछ, कर तिर्न बोझ छैन, कोही पनि त्रसित छैनन्।”

उनले कर संकलनका लागि जबर्जस्ती, दबाब वा त्रासको वातावरण सिर्जना गर्नुको सट्टा स्वेच्छिक कर अनुपालनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। “करदाता त्रसित भएर करको दायरामा नआएको मैले सुन्न नपरोस्। कर तिर्नबाट लुकेका छन् भन्ने अवस्था कसैलाई नआओस्,” उनले भने।

अर्थमन्त्री वाग्लेले कर प्रशासनलाई थप प्रभावकारी बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधिमा कुनै अभाव भए खुलस्त जानकारी गराउन कर्मचारीहरूलाई आग्रह गरे। उत्कृष्ट कार्यसम्पादन गर्ने र राज्यलाई बढी योगदान पुर्‍याउने कर्मचारीलाई प्रोत्साहन गर्न सरकार पछि नहट्ने उनको भनाइ थियो।

“करदाता खुसी हुनुपर्‍यो, कर उठाउनेले सहजीकरण गर्नुपर्‍यो, राजस्वको लक्ष्य पूरा हुनुपर्‍यो,” भन्दै उनले चालु आर्थिक वर्षको ‘मिसन १६ खर्ब’ राजस्व लक्ष्य हासिल गर्न आन्तरिक राजस्व प्रशासनको भूमिका निर्णायक हुने बताए।

यस वर्षको बजेटले अर्थतन्त्रलाई सुधारको नयाँ दिशामा अघि बढाएको उल्लेख गर्दै उनले आगामी चार आर्थिक वर्षमा सरकारले निर्माण गर्न खोजेको अर्थतन्त्रको आधार यही बजेटबाट देखिने बताए। बजेटमा घोषणा गरिएका कर छुटका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न, करदाता सचेतना बढाउन तथा आर्थिक कारोबारलाई डिजिटल बनाउने अभियानलाई तीव्र बनाउन उनले विभागीय नेतृत्वलाई निर्देशन दिए।

अर्थमन्त्रीको सचिवालयकाा अनुसार अर्थमन्त्री वाग्लेले नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकारले आवश्यक पहल गरिरहेको उल्लेख गर्दै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अपराधलाई कर प्रशासनले पनि सूक्ष्म र गम्भीर रूपमा हेर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

उनले कर प्रशासकहरूको वृत्तिविकास कार्यसम्पादन, व्यावसायिक क्षमता र राज्यप्रतिको योगदानका आधारमा हुने स्पष्ट पार्दै सरुवा वा पदस्थापनाका लागि ‘सोर्सफोर्स’को संस्कृति अन्त्य गर्न कर्मचारीहरूलाई आग्रह गरे।

वि.सं.२०८३ साउन ७ बिहीवार १६:३२ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...