काठमाडौं। क्यानाडाको संघीय सरकारले अस्थायी विदेशी कामदार कार्यक्रम (TFWP) अन्तर्गत Low-Wage Stream मार्फत विदेशी कामदार भर्ना गर्ने व्यवस्था थप कडा बनाएको छ।
जुलाई १७, २०२६ देखि लागू भएको नयाँ व्यवस्थाअनुसार बेरोजगारी दर ६ प्रतिशत वा सोभन्दा बढी रहेका क्षेत्रहरूमा तोकिएको नयाँ तलब सीमाभन्दा कम तलबका पदका लागि नयाँ Labour Market Impact Assessment (LMIA) आवेदन स्वीकार गरिने छैन भने विद्यमान वर्क परमिट पनि नवीकरण गर्न पाइने छैन।
नयाँ व्यवस्थाअनुसार ओन्टारियोमा प्रतिघण्टा ३६.९२ क्यानेडियन डलर, ब्रिटिस कोलम्बियामा ३८.४० डलर, अल्बर्टामा ३७.५० डलर र क्युबेकमा ३६ डलर भन्दा कम तलब भएका पदहरू Low-Wage Stream अन्तर्गत पर्नेछन्। सरकारले यी तलब सीमाहरू प्रत्येक प्रदेश वा क्षेत्रको मध्य (Median)तलबको १२० प्रतिशत का आधारमा निर्धारण गरेको जनाएको छ।
यस निर्णयको प्रत्यक्ष प्रभाव बेरोजगारी दर ६ प्रतिशतभन्दा माथि रहेका प्रमुख महानगर तथा शहरी क्षेत्रहरूमा पर्नेछ। तीमध्ये टोरोन्टो, ओटावा–गाटिनो, मोन्ट्रियल, ह्यामिल्टन, किचेनर–क्याम्ब्रिज–वाटरलु, लन्डन, विन्डसर, क्याल्गरी, एडमन्टन, भ्यानकुभर लगायतका क्षेत्र समावेश छन्। साथै ओशावा, गुयल्फ, ब्यार्री, सास्काटुन, केलोना, एबट्सफोर्ड–मिसन, चिलिव्याक, कामलुप्स र नानाइमोजस्ता अन्य सहरहरू पनि प्रतिबन्धको दायरामा परेका छन्।
यद्यपि बेरोजगारी दर ६ प्रतिशतभन्दा कम रहेका क्षेत्रका रोजगारदाताले Low-Wage Stream अन्तर्गत विदेशी कामदार भर्ना गर्न सक्नेछन्। तर त्यसका लागि उनीहरूले थप कडा मापदण्ड पूरा गर्नुपर्नेछ। कार्यस्थलमा विदेशी कामदारको संख्या सामान्यतया १० प्रतिशतभित्र सीमित राख्नुपर्नेछ भने निर्माण र खाद्य प्रशोधनजस्ता केही क्षेत्रमा २० प्रतिशतसम्म छुट दिइएको छ। साथै केही ग्रामीण क्षेत्रमा लागू अस्थायी व्यवस्थाअनुसार सहभागी प्रदेशहरूले १५ प्रतिशतसम्म विदेशी कामदार राख्न पाउने व्यवस्था गरिएको छ।
रोजगारदाताले कम्तीमा आठ हप्तासम्म रोजगारीको विज्ञापन प्रकाशित गर्नुपर्ने, आदिवासी समुदाय, अपांगता भएका व्यक्ति तथा १५ देखि ३० वर्ष उमेर समूहका युवालाई प्राथमिकतामा राखेर भर्ती प्रक्रिया सञ्चालन गर्नुपर्नेछ। साथै व्यद द्यबलप मा दुई वा सोभन्दा बढी तारे मूल्यांकन भएका सबै योग्य उम्मेदवारलाई निमन्त्रणा दिनुपर्ने, विदेशी कामदारका लागि उपयुक्त र सुलभ आवास तथा आउने–जाने हवाई यात्रा खर्च समेत रोजगारदाताले नै व्यवस्था गर्नुपर्नेछ।
TFWP क्यानडाको रोजगारदाता(आधारित कार्यक्रम हो, जसअन्तर्गत योग्य क्यानेडियन नागरिक वा स्थायी बासिन्दा उपलब्ध नभएको अवस्थामा मात्र विदेशी कामदार भर्ना गर्न पाइन्छ। यसका लागि रोजगारदाताले सकारात्मक वा तटस्थ LMIA प्राप्त गर्नैपर्छ, र वर्क परमिट सोही रोजगारदाता तथा पदमा मात्र मान्य हुन्छ।
क्यानडा सरकारले सन् २०२४ देखि नै त्ँध्ए लाई क्रमशः कडा बनाउँदै आएको छ। त्यसबेला बेरोजगारी ६ प्रतिशतभन्दा माथि भएका क्षेत्रमा Low-Wage LMIA मा रोक लगाइएको, Low-Wage Stream को तलब सीमा क्षेत्रीय मध्य तलबको १२० प्रतिशतमा पुर्याइएको तथा कार्यस्थलमा विदेशी कामदारको अधिकतम अनुपात २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको थियो।
सरकारका अनुसार यी परिवर्तनको उद्देश्य क्यानेडियन नागरिक र स्थायी बासिन्दालाई रोजगारीमा प्राथमिकता दिनु, युवा बेरोजगारी घटाउनु तथा Temporary Foreign Worker Program को दुरुपयोग नियन्त्रण गर्नु हो। सरकारले सन् २०२६ मा TFWP अन्तर्गत करिब ६० हजार कामदारलाई मात्र प्रवेश दिने लक्ष्य राखेको छ, जुन २०२४ को तुलनामा उल्लेखनीय रूपमा कम हो।
विशेषज्ञहरूका अनुसार नयाँ नियमले विशेषगरी नेपाल, भारत, फिलिपिन्सलगायत देशबाट Low-Wage Stream मार्फत क्यानडा जाने योजना बनाइरहेका कामदारलाई प्रत्यक्ष असर पार्नेछ। अब रोजगारदाताले तोकिएको तलब सीमा पूरा गर्नुपर्ने वा उच्च तलब (High-Wage Stream) अन्तर्गत आवेदन दिनुपर्ने भएकाले नयाँ LMIA प्राप्त गर्न झन् कठिन हुने अपेक्षा गरिएको छ।
वि.सं.२०८३ साउन ७ बिहीवार १७:५० मा प्रकाशित






























