back
CTIZAN AD

आज भगवान् विष्णुको पूजा, आराधना गरी पापमोचनी एकादशी व्रत गरिँदै

वि.सं.२०८१ चैत १२ मंगलवार

663 

shares

काठमाडौं । जीवनमा जानी नजानी गरेका पाप नाश गर्ने विश्वासका साथ आज पापमोचनी एकादशी व्रत गरिँदैछ । प्रत्येक वर्ष चैत्रकृष्ण एकादशीका दिन मनाइने पापमोचनी एकादशी व्रत आज भगवान् विष्णुको पूजा, आराधना गरी मनाउन लागिएको हो ।

यो एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई र लोमस ऋषिले मान्धाता राजालाई बताएका थिए । पहिला वसन्त ऋतुका बेलामा अप्सराहरूले विहार गर्ने चैत्ररथ नाम गरेको वन थियो । त्यो वनमा च्यवन ऋषिको आश्रममा मेधावी नाम गरेका ऋषि तपस्या गरेर बसेका थिए । मञ्जुघोषा नामकी अप्सराले ऋषिलाई कामदेवको बसमा पारेर मोहित बनाएकी थिइन् । ऋषिको तपस्या समाप्त पार्दै आचार–विचार, तपस्या, नियम–आचरण सबै लोप बनाएकी थिइन् । स्वर्ग जान मेधावी ऋषिलाई बिन्ति गर्न लागिन् र ऋषि मोहमा पर्दै ‘तिमी आजै आएकी हौँ । अहिले मसँग बस र भोलि बिहान उज्यालो भएपछि जाउली’ भन्न थाले । ती दुवैको ५५ वर्ष, नौ महिना, तीन दिनसम्म रमण गर्दै बितेछ । अप्सराले जान्छु भनेपछि ऋषिले सन्ध्या गरुञ्जेल बस भनेको कथा विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको सनातन विद्वत् परिषद् नेपालका सदस्य पण्डित बालमुकुन्द देवकोटाले जानकारी दिए ।

ऋषिले ध्यान गरेर हेर्दा तिनीसँग ५५ वर्ष बितेको र आफ्नो जपतप, तपस्या, आचार, विचार सबै कर्म लुप्त भएको देखेर ‘स तां शशाप मेधावी त्वं पिशाची भवेति च’ अर्थात् तँ पिशाचिनी होइजा भनेर श्राप दिएको प्रसङ्ग रहेको देवकोटाले सुनाए । “मञ्जुघोषाले हात जोड्दै बिन्ति गरेर हे प्रभु यो श्राप के गर्यो भने नाश हुन्छ ? भनेपछि ऋषिले चैत्र महिनाको कृष्णपक्षको पापमोचनी नाम गरेको एकादशीको व्रत गर्नाले पाप नाश हुनेछ भन्नुभयो”, उनले उल्लेख गरे ।

चैत्रको कृष्णपक्षमा पापमोचनी नामको एकादशी पर्दछ । त्यस एकादशीको व्रत गर्दा समस्त पाप नाश हुन्छ भनेको सुनेर मेधावी ऋषिले पापमोचनी एकादशीको व्रत गरेका थिए । मञ्जुघोषा अप्सराले पनि व्रत गरेर श्रापबाट मुक्त भई स्वर्ग जानुभयो । मेधावी ऋषि पनि फेरि पुण्यवान् भएको कथा पनि वर्णन गरिएको छ ।

सम्पूर्ण मानवले जानी नजानी गरेका पाप नाश गर्न यो व्रत लिनुपर्ने विधान छ । यसबाट पाप नाश भई यो माहात्म्य श्रवण मात्र गर्नाले पनि एक हजार गाई दान गरेको फलका साथै धेरै पुण्य प्राप्त हुने विश्वास गरिने नातन विद्वत् परिषद्का सदस्य पण्डित देवकोटाले बताए । रासस

वि.सं.२०८१ चैत १२ मंगलवार ०७:२६ मा प्रकाशित

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले बढ्दो बसाइँसराइ रोक्न ‘गाउँ फर्क...

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

सुरुङ्गा (झापा) । नेपाली प्रहरीले पाँच किलो गाँजा र १४...

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक...

मकैको खोस्टा उपयोगका लागि तालिम

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ) । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा...