back
CTIZAN AD

काठमाडौं महानगरका कर्मचारीले पाए तीन महिनादेखिको तलब

वि.सं.२०८१ चैत २५ सोमवार

807 

shares

काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतको पुनरागमनसँगै काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब पाएका छन् । कर्मचारीले ३ महिनादेखि बाँकी तलब पाएको महानगरका प्रवक्ता नविन मानन्धरले जनाए ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिको तलब रोकिएको थियो । गत पुस ७ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिहीबार कार्यालय हाजिर भएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई उपमेयर सुनिता डंगोलसहित जनप्रतिनिधिहरुले महानगरस्थित उनको कार्यकक्षमा मेयर बालेन्द्र शाहको विरोधका बाबजुद प्रवेश गराएका थिए । शुक्रबार कार्यालय पुगेलगत्तै उनले कर्मचारीको रोकिएको तलब निकाशा गर्ने फाइलमा तोक लगाएका थिए ।

वि.सं.२०८१ चैत २५ सोमवार १६:२४ मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...