back
CTIZAN AD

यो सरकार लामो समय टिक्दैन : प्रचण्ड

वि.सं.२०८२ वैशाख ३ बुधवार

852 

shares

नवलपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो सरकार धेरै दिन नटिक्ने बताएका छन् । आज नवलपुरको कावासोतीमा नेपाल पत्रकार महासंघ नवलपुरले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

प्रचण्डले भने- “मैले चितवनमा बोल्दै कुनै दल वा दलका नेताहरूसँग छलफल गरेर बोलेको त होइन तर, घटना क्रमले यस्तै देखाएको छ । मलाई लाग्छ मैले बोलेको सत्य हुँदै गएको छ ।”

शिक्षक, स्वास्थ्यकर्मी, मिटरब्याजी पीडित, सहकारी पीडितहरू सहित अधिकांश दलहरु सडक आन्दोलनमा रहेका कारण यो सरकार धेरै दिन नटिक्ने प्रचण्डले जिकिर गरे । सरकारमा रहेका दलका नेताहरुले नै सरकारले गरेको असन्तुष्टि पोखेको बताए । यो सरकार जति दिन टिक्छ उति नै देशका लागि दुर्भाग्य हुने आरोप लगाए ।

पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शिक्षकहरुको आन्दोलनलाई प्रधानमन्त्री ओलीले शिक्षकहरू प्रति नकारात्मक अभिव्यक्ति दिएर शिक्षकको आन्दोलनमा आगोमा घिउ थप्ने काम गरेको समेत आरोप लगाएका थिए ।

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा शिक्षकहरुको सँग गरेको सम्झौता अनुसार यो सरकार शिक्षकको जायज मागहरु पुरा गर्नु पर्नेमा जोड दिए । उनले भने,“ संभव हुने मागहरु क्याबिनेटको बैठक बसेर पुरा गर्नु पर्छ अनि बाँकी माग संसदको वैठक बोलाएर विद्यालय शिक्षा ऐन जारी गरेर पुरा गर्नुपर्छ ।”

माओवादी केन्द्रले नवलपुरबाट पुन शुरु गरेको मधेष जागरण अभियान अन्तरगत आज जागरण अभियानमा सहभागी माओवादीका नेताहरु गैडाकोट हुँदै कावासोती आइपुगेका हुन् । सो क्रममा अध्यक्ष प्रचण्ड सहितको टोलीहरूले गैडाकोटको लखन चोकमा रहेको नेपालका प्रथम सहिद लखन थापाको सलिकमा समेत माल्यापर्ण गरेका थिए ।

त्यसैगरी आज नै रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा भेटघाट गरेका थिए भने आज नै कावासोतीमा वेपत्ता तथा सहिद परिवारसँग भेटघाट गरेका थिए । टोली आज पश्चिम नवलपरासीको बर्दघाट पुग्ने कार्यक्रम रहेको छ ।

यसैबीच कावासोतीमा नेकपा माओवादी केन्द्र नवलपुरका आयोजनामा भएको खबरदारी सभामा बोल्दै माओवादी केन्द्रका प्रचण्डले भ्रष्टचारी विरुद्ध सुसासन कायम गर्नका लागि खबरदारी गर्न जनता माझ आएको बताएका थिए ।

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:०७ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...