
स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाको आयोजनामा सातौँ अध्यक्ष कप प्रतियोगिता २०८२ हुने भएको छ ।
यही आउँदो वैशाख १७ गते देखि १८ र १९ गते सम्म रोदिखोला खेल मैदानमा अध्यक्ष कप हुने गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी गराए ।
अध्यक्ष मानन्धरका अनुसार प्रतियोगिताका आकर्षणका रूपमा वडा स्तरीय महिला, पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ ।
भलिबल प्रतियोगितामा पुरुषतर्फ पहिलो हुनेलाई ४० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ, महिला र भट्रान्सतर्फ पहिलो हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० रुपैयाँसहित सबै विजेता समूहलाई शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने छ ।
उनले यातायात खर्चबापत प्रतियोगितामा सहभागी सबै वडालाई समान १० हजार रुपैयाँ उपलब्ध गराउने समेत जानकारी गराए । ‘खेल स्वास्थ्यका र राष्ट्रको पहिचानका लागि अत्यन्त आवश्यक छ ।’, उनले भने, ‘युवाहरूको खेलप्रतिको रुचिलाई हौसला दिन अध्यक्ष कपको आयोजना गरिएको हो ।’
अध्यक्ष मानन्धरले अध्यक्ष कपमा सहभागी हुन तथा प्रतियोगिता हेरेर खेलाडीको हौसला बढाउन सहभागीताका लागि सम्पूर्ण पालिकावासीमा अनुरोध गरेका छन् ।
वि.सं.२०८२ वैशाख ५ शुक्रवार १२:२९ मा प्रकाशित