back
CTIZAN AD

हरिनास गाउँपालिकामा सातौँ अध्यक्ष कप हुने

वि.सं.२०८२ वैशाख ५ शुक्रवार

2.4K 

shares

स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाको आयोजनामा सातौँ अध्यक्ष कप प्रतियोगिता २०८२ हुने भएको छ ।

यही आउँदो वैशाख १७ गते देखि १८ र १९ गते सम्म रोदिखोला खेल मैदानमा अध्यक्ष कप हुने गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी गराए ।

अध्यक्ष मानन्धरका अनुसार प्रतियोगिताका आकर्षणका रूपमा वडा स्तरीय महिला, पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ ।

भलिबल प्रतियोगितामा पुरुषतर्फ पहिलो हुनेलाई ४० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ, महिला र भट्रान्सतर्फ पहिलो हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० रुपैयाँसहित सबै विजेता समूहलाई शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने छ ।

उनले यातायात खर्चबापत प्रतियोगितामा सहभागी सबै वडालाई समान १० हजार रुपैयाँ उपलब्ध गराउने समेत जानकारी गराए । ‘खेल स्वास्थ्यका र राष्ट्रको पहिचानका लागि अत्यन्त आवश्यक छ ।’, उनले भने, ‘युवाहरूको खेलप्रतिको रुचिलाई हौसला दिन अध्यक्ष कपको आयोजना गरिएको हो ।’

अध्यक्ष मानन्धरले अध्यक्ष कपमा सहभागी हुन तथा प्रतियोगिता हेरेर खेलाडीको हौसला बढाउन सहभागीताका लागि सम्पूर्ण पालिकावासीमा अनुरोध गरेका छन् ।

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १२:२९ मा प्रकाशित

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

काठमाडौँ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा...

भोटेकोशी बाढीबाट वेपत्ता भएका १५८ जनाको शव नवलपुरमा भेटियो 

भोटेकोशी बाढीबाट वेपत्ता भएका १५८ जनाको शव नवलपुरमा भेटियो 

नवलपुर (नवलपरासी) । यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा...

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...