back
CTIZAN AD

आज देशका अधिकांश भागमा मौसम सफा रहने

वि.सं.२०८२ जेठ २३ शुक्रवार

912 

shares

 

काठमाडौं । हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च-पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ ।

त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वि.सं.२०८२ जेठ २३ शुक्रवार ०७:०१ मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...