back

नारायणघाट–बुटवल सडकखण्ड रातिको समयमा १० घण्टा बन्द हुने

वि.सं.२०८२ असार ७ शनिवार

1K 

shares

नवलपुर (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्ण रुपमा बन्द गरिने भएको छ ।

यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले आजदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्ण रुपमा बन्द गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय (एडिबी)ले जनाएको छ ।

आयोजना निर्देशनालयका निर्देशक इञ्जिनियर चुडाराज ढकालले शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार आजदेखि रातिको समयमा सडकमा यातायात सञ्चालनमा रोक लगाइएको हो ।

“निर्माणाधीन नारायणघाट–बुटवल सडकको दुम्कीबासस्थित विनयी खोला पुलको डाइभर्सन सडक वर्षाले बारम्बार बगाइरहेकाले सो स्थानमा बनेको नयाँ पुल सञ्चालनमा नआउने बेलासम्म रातिमा सडकमा यातायात सञ्चालन बन्द गर्ने निर्णय भएको छ”, उनले भने, “यसैगरी दाउन्ने खण्डको केही स्थानमा ग्राबेल राखेर सडक मर्मत गर्ने काम भइरहेकाले दाउन्नेमा सहज रुपमा यातायात सञ्चालन नहुने बेलासम्मका लागि रातिमा सडक बन्द गरिएको हो ।”

उक्त सडक खण्डमा ठूला र मालवाहक सवारीसाधन भने आजदेखि चौबिसै घण्टा सञ्चालन गर्न नदिने गरी रोक लगाइएको ढकालको भनाइ छ । ठूला र मालवाहक सवारीसाधनलाई नारायणघाट बुटवल सडकको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै निर्देशक ढकालले साना सवारीसाधनसमेत सडकको अवस्था हेरेरमात्रै दिउँसोमा यात्रा गर्न सुझाव दिए ।

चार लेनमा विस्तार भइरहेको यस सडकको दाउन्ने खण्डमा सामान्य पानी पर्दा हिलोका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदै आएको छ । त्यस्तै, विनयी खोलामा आउने बाढीले यहाँ निर्माण गरिएको डाइभर्सन बगाउँदा पटकपटक यातायात सञ्चालनमा अवरोध हुने गरेको छ ।

 

वि.सं.२०८२ असार ७ शनिवार १४:१४ मा प्रकाशित

Himalayan Life AD
एनआरएनए अध्यक्ष श्रेष्ठसँग अफ्रिकाका एनआरएनको अन्तरक्रिया कार्यक्रम

एनआरएनए अध्यक्ष श्रेष्ठसँग अफ्रिकाका एनआरएनको अन्तरक्रिया कार्यक्रम

अफ्रिका । एनआरएनए एकताको खुशीको शन्देस बाड्न एनआरएनएका अध्यक्ष महेशकुमार...

मादी नदीमा महिलाको शव फेला

मादी नदीमा महिलाको शव फेला

दमौली (तनहुँ) ।  व्यास नगरपालिका–५ माथिल्लो पाटनस्थित मादी नदीको किनारमा...

पासोमा चितुवा

पासोमा चितुवा

दशरथचन्द । बैतडीमा स्थानीयले जङ्गली जनावरका लागि थापेको पासोमा चितुवा...

टियागो इभि अन्तर–विद्यालय कला प्रतियोगिता ‘कार्टनिभल’का विजेता आशिम र समय्यालाई PS5 पुरस्कार

टियागो इभि अन्तर–विद्यालय कला प्रतियोगिता ‘कार्टनिभल’का विजेता आशिम र समय्यालाई PS5 पुरस्कार

काठमाडाैँ । टियागो इभि कार्टनिभल अन्तर स्कुल चित्रकला कार्यक्रम अन्तर्गत...

एमएडब्लू वृद्धिको नयाँ माइलस्टोन: नेपालगञ्जमा डिपल S05 र नामी भिगो सार्वजनिक

एमएडब्लू वृद्धिको नयाँ माइलस्टोन: नेपालगञ्जमा डिपल S05 र नामी भिगो सार्वजनिक

नेपालगञ्ज ।  नेपालमा डीपल र नामी विद्युतीय गाडीहरूको आधिकारिक वितरक...

लोक दोहोरी स्टारको भोटिङ राउन्डमा सुमन, दर्शकको साथको अपेक्षा

लोक दोहोरी स्टारको भोटिङ राउन्डमा सुमन, दर्शकको साथको अपेक्षा

काठमाडौँ । 4K Space टेलिभिजन तथा EVENTOZ.COM युट्युब च्यानलमार्फत प्रसारण...