back

गुल्मीमा विद्युतको पोलमा चढेका एक युवकको करेण्ट लागेर मृत्यु

वि.सं.२०८२ असार १४ शनिवार

708 

shares

गुल्मी । गुल्मीमा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–७ वाग्लाका ४० वर्षीय झबिन्द्र घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिएका छन् ।

धुर्कोट गाउँपालिका–७ द्वानेटामा रहेको राष्ट्रिय प्रशारणलाइनको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा घिमिरेलाई आज बिहान करेण्ट लागेको थियो । करेण्ट लागेर घाइते भएका घिमिरेको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा आज अपरान्ह मृत्यु भएको प्रहरी नायव उपरिक्षक सारुले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गुल्मी बितरण केन्द्रका प्रमुख अर्जुन पोख्रेलले घिमिरे कार्यालयको कर्मचारी नभएको बताए । “उहाँ कार्यालयको कर्मचारी पनि होइन, ज्यालादारीमा पनि राखेको छैन, उहाँ किन पोलमा चढ्नुभयो जानकारी छैन ।” उनले भने ।

 

वि.सं.२०८२ असार १४ शनिवार १८:५९ मा प्रकाशित

Himalayan Life AD
एनआरएनए अध्यक्ष श्रेष्ठसँग अफ्रिकाका एनआरएनको अन्तरक्रिया कार्यक्रम

एनआरएनए अध्यक्ष श्रेष्ठसँग अफ्रिकाका एनआरएनको अन्तरक्रिया कार्यक्रम

अफ्रिका । एनआरएनए एकताको खुशीको शन्देस बाड्न एनआरएनएका अध्यक्ष महेशकुमार...

मादी नदीमा महिलाको शव फेला

मादी नदीमा महिलाको शव फेला

दमौली (तनहुँ) ।  व्यास नगरपालिका–५ माथिल्लो पाटनस्थित मादी नदीको किनारमा...

पासोमा चितुवा

पासोमा चितुवा

दशरथचन्द । बैतडीमा स्थानीयले जङ्गली जनावरका लागि थापेको पासोमा चितुवा...

टियागो इभि अन्तर–विद्यालय कला प्रतियोगिता ‘कार्टनिभल’का विजेता आशिम र समय्यालाई PS5 पुरस्कार

टियागो इभि अन्तर–विद्यालय कला प्रतियोगिता ‘कार्टनिभल’का विजेता आशिम र समय्यालाई PS5 पुरस्कार

काठमाडाैँ । टियागो इभि कार्टनिभल अन्तर स्कुल चित्रकला कार्यक्रम अन्तर्गत...

एमएडब्लू वृद्धिको नयाँ माइलस्टोन: नेपालगञ्जमा डिपल S05 र नामी भिगो सार्वजनिक

एमएडब्लू वृद्धिको नयाँ माइलस्टोन: नेपालगञ्जमा डिपल S05 र नामी भिगो सार्वजनिक

नेपालगञ्ज ।  नेपालमा डीपल र नामी विद्युतीय गाडीहरूको आधिकारिक वितरक...

लोक दोहोरी स्टारको भोटिङ राउन्डमा सुमन, दर्शकको साथको अपेक्षा

लोक दोहोरी स्टारको भोटिङ राउन्डमा सुमन, दर्शकको साथको अपेक्षा

काठमाडौँ । 4K Space टेलिभिजन तथा EVENTOZ.COM युट्युब च्यानलमार्फत प्रसारण...