back

अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै

वि.सं.२०८२ साउन २ शुक्रवार

3.1K 

shares

काठमाडौँ । अन्तरजातीय प्रेमजोडी तथा दम्पतीले समाजमा भोग्नुपरेको सङ्घर्षको कथामा आधारित चलचित्र ‘जदौ’ निर्माण हुने भएको छ ।

सो चलचित्रका निर्देशक काजी लिम्बूले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अन्धविश्वास र कुरीतिबीच नेपाली समाजमा देखिने घटनाक्रम र विषयवस्तुलाई समेटेर मनोरञ्जनात्मक शैलीमा ‘जदौ’ निर्माण गर्न लागेको स्पष्ट गरे ।

उनले भने, “यस चलचित्रमा हामीले अन्तरजातीय जोडीको प्रेम र दाम्पत्य जीवनको सङ्घर्षलाई देखाउने छौँ । तपाईं–हामीले समाजमा देख्ने घटनाक्रमलाई नै पटकथामा तयार गरेका छौँ । चलचित्रले विभेद गर्नुहुँदैन भन्ने सन्देश दिन्छ, तर प्रस्तुतीकरण पूर्ण रुपमा मनोरञ्जनात्मक नै हुन्छ ।”

उनीसँगै यस चलचित्रलाई अञ्जन शर्माले संयुक्त रुपमा निर्देशन गर्नेछन् । उक्त चलचित्रमा अभिनेता मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने, सन्ध्या श्रेष्ठ, ऋचा शर्मा, अनिल सुब्बालगायतका कलाकारले अभिनय गर्नेछन् ।

अभिनेता भुसालले चलचित्रको विषयवस्तुले आफूलाई आकर्षण गरेको बताए । उनले भने, “हामी कलाकारले फरक चलचित्रसँगै विषय र पात्रको भिन्नता खोज्ने गर्छौं । यस चलचित्रमा मैले फरक मात्र नभई चुनौतीपूर्ण भूमिका पाएको छु । त्यसकारण म चलचित्रमा जोडिएको हुँ ।”

आगामी भदौको पहिलो सातादेखि पश्चिम नेपालस्थित दाङ र प्यूठान जिल्लाका रमणीयस्थलमा छायाङ्कन गरिने चलचित्रमा चिरञ्जीवी भण्डारीले कला निर्देशन, मिलन श्रेष्ठले द्वन्द्व निर्देशन, बाबुल गिरी र सरोज पोखरेलले सङ्गीत सिर्जना र श्याम तामाङले छायाङ्कन गर्नेछन् ।

वि.सं.२०८२ साउन २ शुक्रवार १५:०२ मा प्रकाशित

Himalayan Life AD
अण्डाको मूल्य हालसम्मकै उच्च

अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन । विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स...

रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते

रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते

रसुवा । जङ्गली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज...

एनएमबि इन्स्टा बाइ’ मार्फत क्रेडिट कार्ड सेवामा एनएमबि बैंकको थप सुविधा

एनएमबि इन्स्टा बाइ’ मार्फत क्रेडिट कार्ड सेवामा एनएमबि बैंकको थप सुविधा

काठमाडौं । एनएमबि बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र...

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको महत्वपूर्ण पुरस्कार...

प्राइम कमर्सियल बैंकका पूर्व सीईओ नारायण दास मानन्धरको ८३ वर्षमा निधन

प्राइम कमर्सियल बैंकका पूर्व सीईओ नारायण दास मानन्धरको ८३ वर्षमा निधन

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत...

“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स”

“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स”

काठमाडौँ । करेन्ट नुडल्सका निर्माता यशोदा फुड्सले दिगोपनालाई प्राथमिकता दिँदै...