back

झाँगिँदै पुरुषमाथिको उत्पीडन

वि.सं.२०८२ साउन २६ सोमवार

2.7K 

shares

विगत केही दशकयता नारी सशक्तिकरणका क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । शिक्षा, स्वास्थ्य, रोजगार, राजनीति, नेतृत्व लगायतका क्षेत्रमा महिलाहरूको उपस्थिति र प्रभाव बलियो बन्दै गएको छ । यो परिवर्तन सामाजिक न्याय, समानता र मानव अधिकारको दृष्टिकोणले स्वागतयोग्य र आवश्यक हो । महिलाहरु विगतमा भोगेका अन्याय, विभेद र उत्पीडनको सामना गर्दै आजको अवस्थामा आइपुगेका छन् । जुन आफैँमा एक प्रेरणादायी यात्रा हो । तर, जब समाजले कुनै एक पक्षको मात्र सशक्तिकरणतर्फ ध्यान दिन थाल्छ र अर्काे पक्षका समस्याहरूको बेवास्ता गर्न थाल्छ, त्यहाँ असन्तुलन सिर्जना हुन्छ । हाल केही यस्ता घटनाहरू देखिन थालेका छन् जसले पुरुषमाथि पनि अन्याय र उत्पीडनको चाङ थपिएको अनुभूति गराउँछन् ।

नारी सशक्तिकरणका नाममा कतिपय अवस्थामा पुरुषहरूलाई दबाउने, अपमानित गर्ने र झूठा आरोप लगाउने प्रवृत्ति देखा परेको छ । खासगरी सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यौन उत्पीडनको झूठा आरोप लगाएर मानमर्दन गर्ने वा कानुनी प्रक्रिया दुरुपयोग गर्ने उदाहरणहरू सार्वजनिक भइरहेका छन् । यसले वास्तवमै पीडित महिलाको आवाजलाई कमजोर बनाउनुका साथै निर्दोष पुरुषहरूलाई गम्भीर मानसिक र सामाजिक क्षति पुर्याउने गर्दछ । घरेलु हिंसा सम्बन्धी कानुनहरू प्रायः महिलामै केन्द्रित छन्, जसले गर्दा कुनै पुरुष पीडित भए पनि उनीहरूको पीडालाई कानुनी रुपमा सम्बोधन गर्न निकै कठिन हुन्छ ।

घटना–१
करिब दुई वर्ष अगाडि स्याङ्जाको अर्जुनचौपारीका एक युवाले एक किशोरीसँग प्रेम विवाह गर्छन् । उनीहरुको विवाह किशोरीको माइतिलाई स्वीकार्य भएन । माइतिले महिनादिन बढी संगै रहेका जोडिलाई प्रहरीको सहयोगमा खोजेर ल्याए । युवकलाई प्रहरीको र युवतीलाई माइतिको जिम्मा लगाइयो । त्यसपश्चात माइतिको दबाब र प्रभावमा किशोरीले युवकविरुद्ध बन्दक, अपहरण र जबर्जस्ती करणीको मुद्दा दर्ता गरिन् । यता जिल्ला अदालत स्याङ्जाले युवकलाई दोषी ठहर गर्दै १२ वर्ष जेल सजाय सुनाएर थुनामा पठायो । तर, उच्च अदालत पोखराले युवकलाई थुनामुक्त गरायो ।

घटना–२
पर्वतका एक युवाले विवाह पश्चात आफ्नी श्रीमतीलाई आफूसँगै भारतमा लैजान्छन् । भारतको एक घरमा घरेलु कामदारका रहेका उनी र उनको श्रीमतीबिच केही महिनामै खटपट सुरु हुन्छ । श्रीमती नेपाल फर्कन्छिन् । नेपाल आएपछि उनलाई थाहा हुन्छ आफ्नो पेटमा बच्चा हुर्कँदैछ भन्ने । युवतीले श्रीमान्लाई नेपाल बोलाउँछिन् । श्रीमान् फर्कन मान्दैनन् । युवतीका आफन्तले श्रीमान्विरुद्ध मानवतस्करकोे मुद्दा हाल्न सुझाउँछन् । श्रीमानले आफुलाई पैसाको लालचमा मालिकको जिम्मा लगाएकोे र यौन शोषणमा परेको भनेर मुद्दा दर्ता गर्छिन् । पछि अदालतमा आफुले आवेगमा र रिसमा श्रीमान्विरुद्ध झुटो आरोप लगाएको भन्दै मुद्दा फिर्ता गर्ने प्रयास गरिन् । तर अनुसन्धान अघि बढिसकेकाले मुद्दा फिर्ता भएन ।

घटना–३
भक्तपुरमा एक युवकले मेडिकल व्यवसाय गर्थे । उनको काम थियो ग्राहकलाई घरमै उपचार सेवा दिने । एक दिन ति युवकलाई घरमै सेवा दिन बोलाइन्छ । उनी लोकेशनमा पुगे । उपचार सेवा लिन बोलाएकी युवतीले उनलाई कोठा आउन आग्रह गरिन । उनी आनाकानी गरे । तर युवतीको करकापले कोठामा छिरे । जब उनी कोठामा छिर्छन् तब युवतीले ढोका बन्द गर्छिन् । भन्छिन्, ‘मलाई रकम चाहियो, होइन भने बलत्कार भयो भनेर गुहार भनेर चिच्चाउँछुु । बलत्कारको मुद्दा हाल्छु । युवक डरले थुरथुर हुन्छन् । केही पैसा दिएर बाँकी पैसा पछि दिने सर्तमा युवतीबाट फुत्कन्छन् ।

घटना–४
आफूलाई सामाजिक अभियान्ता बताउने एक महिला पुरुषबिना समाज सञ्चालन गर्ने निरन्तर च्यालेन्ज गर्दै आएकी छन् । उनले महिलाले विवाह गर्न नहुने, पुरुषविना सन्तान जन्माउन सकिने, पुरुषविना यौन प्यास मेटाउने लगायतका अभिव्यक्ति दिँदै आएकी छन् । उनको भडकाउमा लागेका महिला पुरुषविहिन जीवन जिउने उद्घोष गरिरहेका छन् । उनको अभिव्यक्तिले समाजमा नारी र पुरुषबिच दुरी पैदा गरेको छ । मिलेको समाजलाई भड्काउन खोजेको भन्दै उनको चर्को आलोचना हुँदै आएको छ ।

माथि उल्लेखित घटना नेपाली समाजका प्रतिनिधि मुलक मात्र हुन् । बालविवाहको अभियोगमा दर्ता हुनुपर्ने मुद्दा महिलाको अधिकार र महिलाको पक्षमा बनेका कानुनको दुरुपयोग गर्दै अपहरण, शरिर बन्धक र जबरजस्ती करणी मुद्दाका रुपमा दर्ता गरिन्छ । महिलाको पक्षमै बनेका कानुनले निर्दोष युवकलाई मानव तस्कर बनाउँछ । जब श्रीमती श्रीमान्सँग टाढा रहन चाहान्छिन्, तब आफ्नै श्रीमान्विरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता हुन्छ । घरका साना झगडामा श्रीमतीले कयौँपटक हात उठ्दा सामान्य हुन्छ । तर, श्रीमान्का हात उठ्दा श्रीमती घरेलु हिंसाको सिकार बनिसकेकी हुन्छिन् ।

श्रीमती बेरोजगार हुँदा पुरुषले सामान्य रुपमा लिन्छ । श्रीमती, छोराछोरी पाल्नु, उनीहरुलाई राम्रो शिक्षा दिक्षा दिनु, उनीहरुको रेखदेख गर्नु आफ्नो कर्तव्य ठान्छ पुरुष । आफूले बढी कमाउँदा श्रीमती छोराछोरीका आवस्यकता पुरा गरिदिन्छन् । तर, महिला कमाउने भएमा श्रीमान्बिना बाँच्न सक्ने घमण्ड गर्छन् । सानो झगडामापनि डिभोर्स दिने घुर्की लाउँछन् । सम्बन्ध विच्छेद गरेका प्राय श्रीमान् उत्पीडनमा छन् । बालबालिकाको अभिभावकत्व आमालाई दिइन्छ, पितालाई भावनात्मक रूपमा टाढा पारिन्छ । आमासँग नजिक भएकाले सन्तालेपनि पछि पितालाई खराब पात्रका रुपमा हेर्नथाल्छ ।

यता कार्यस्थलमा समेत महिलाका कुरा सुनिन्छ । महिलाले ठुलै गल्ती गरेपनि माफी दिइन्छ । तर, सानो गल्तीमापनि पुरुषसजायको भागिदार हुनुपर्छ । कतिपय पुरुषले यो प्रकारको उत्पीडन नभोगेका हुन सक्छन् । कतिपय श्रीमतीको व्यवहाार फरक नभएको हुन सक्छ । तर विद्यमान कानुनको फाइदा उठाउँदै महिलाहरुले पुरुषप्रतिको प्रहार चकाउँदै लगेका छन् । पुरुषप्रति गरिने यस्ता व्यवहारले भोलीको जमाजको अवस्था के होला ? सोँचनिय छ ।

समाजमा पुरुषहरूलाई ‘सधैं बलियो’, ‘अश्रुहीन’, र ‘सहनशील’ मानिन्छ । यस्तो सांस्कृतिक सोचाइले गर्दा पुरुषहरु आफूविरुद्ध भएका उत्पीडनमा मौन रहन्छन् । उनीहरूले भोग्ने मानसिक तनाव, पारिवारिक समस्याहरू वा लैंगिक उत्पीडनका घटनाहरू बारे बोल्न पनि सक्दैनन् । प्रेमीका, श्रीमती वा अन्य महिलाबा आफू उत्पीडनमा परेको घटना साथीभाइलाई सुनाउँदा उल्टै हुतिहाराको नाममा बेइज्ती सहनुपर्छ ।

लैंगिक समानताको सही अर्थ के हो ? भन्ने कुरालाई गहिरो रूपमा बुझ्नु आवश्यक छ । महिलालाई सशक्त बनाउने प्रयास अत्यन्त महत्वपूर्ण र आवश्यक छ, तर त्यसैसँगै पुरुषको अधिकार, स्वतन्त्रता र सम्मान पनि उत्तिकै मूल्यवान् छन् । कुनै लिङ्गको उन्नति अर्काे लिङ्गको क्षयको आधारमा हुनु हुँदैन । कानुन, नीति, शिक्षा र सामाजिक व्यवहारमा दुवै लिङ्गप्रति निष्पक्षता आवश्यक छ । जबसम्म समाजले पुरुषहरूका पीडा र चुनौतीलाई पनि बराबरी महत्वका साथ सम्बोधन गर्दैन, तबसम्म वास्तविक समानताको सपना अपूर्ण हुन्छ ।

नारी सशक्तिकरणको यात्रालाई तिब्र बनाउने क्रममा यदि असन्तुलन र पक्षपात जन्मिन्छ भने त्यो दीर्घकालीन रूपमा समाजका लागि घातक हुन सक्छ । महिलाको शक्ति र आत्मनिर्भरता प्रशंसनीय हो । तर त्यसैको आडमा यदि पुरुषहरू उत्पीडनमा पर्न थाले भने त्यो नयाँ अन्यायको जन्म हो । स्वस्थ समाजका लागि दुवै लिङ्गले सम्मान, न्याय र समान अवसर प्राप्त गर्नुपर्छ । सशक्त नारी र सशक्त पुरुष एउटै समाजका दुई पाटाहरू हुन् । जहाँ एकले अर्कालाई दबाउने होइन, साथ दिने र सम्हाल्ने वातावरण बनाउनु आवश्यक छ ।

राज्यका महत्वपूर्ण संयन्त्रहरुमा पुरुषकै बर्चस्व छ । क्षणिक पारिवारिक तथा राजनीतिक स्वार्थका लागि पहुँचमा रहनेहरुले महिलाको पक्षमा बनेका कानुन दुरुपयोग गर्दै पुरुषलाई थप उत्पीडनमा पार्ने काम हुने गरेका छन् । यस्तो अवस्थामा क्षणिक रुपमा एक परिवारलाई खुसी मिलेपनि अन्यायमा परेको पुरुष झन कम्जोर बन्छ । अन्यायमा परेका जो कोही कम्जोर बन्नु समाज, राष्ट्र र प्रकृतिलाई नै धोम्स हुनु हो । तसर्थ सृष्टि सञ्चालनका लागि यो समाजलाई सहिबाटोमा हिडाउनु छ । कुनैपनि लिङ्ग, धर्म, सम्प्रदाय र जातजातीलाई माथि उठाउन बनेका नियम कानुन दु्रुपयोग भएन भने सबैले समताको आभास गर्न पाउने छन् ।

वि.सं.२०८२ साउन २६ सोमवार १६:५७ मा प्रकाशित

Himalayan Life AD
संसारकै लोकप्रिय कैदी कम्युनिष्ट पार्टीको महासचिव चयन

संसारकै लोकप्रिय कैदी कम्युनिष्ट पार्टीको महासचिव चयन

संसारकै लोकप्रिय कैदी कम्युनिष्ट पार्टीको महासचिव बनेका छन् । जनयुद्धको...

संघीय शासन प्रणालीको पुनसंरचना यसरी गराैं

संघीय शासन प्रणालीको पुनसंरचना यसरी गराैं

नेपालमा संघीय शासन प्रणालीलाई लागू गर्न नेपालको विशिष्टता अनुरुप बहुभाषा,...

‘जेन–जी आन्दोलन कू–देता’ वा ‘डिजिटल एलिट विद्रोह’

‘जेन–जी आन्दोलन कू–देता’ वा ‘डिजिटल एलिट विद्रोह’

नेपालमा युवा पुस्ता (खासगरी 'जेन जी' वा नयाँ पुस्ता) को...

जेन-जी आन्दोलनको प्रभाव: अन्धभक्तको नर्क कि चेतनाको स्वर्ग?

जेन-जी आन्दोलनको प्रभाव: अन्धभक्तको नर्क कि चेतनाको स्वर्ग?

संविधान भनेको राष्ट्रको मूल कानुन हो। यो देशको शासन प्रणाली,...

भू–राजनीतिक अर्थव्यवस्थाको चपेटामा नेपाल

भू–राजनीतिक अर्थव्यवस्थाको चपेटामा नेपाल

भू–राजनीतिक अर्थव्यवस्थाको वैश्विक परिवेश भू–राजनीतिक अर्थतन्त्रले तर्क गर्दछ कि साम्राज्यवादले...

डब्लूएफटियुको ८० औँ स्थापना दिवस र आगामी कार्यदिशा

डब्लूएफटियुको ८० औँ स्थापना दिवस र आगामी कार्यदिशा

अक्टोवर ३ तारिख विश्वभरका प्रगतिशिल एवं समाजवादी पक्षधर श्रमिकहरुको अन्तर्राष्ट्रिय...