back
CTIZAN AD

एमालेले भन्यो-पार्टीलाई जेनजीको चाहना बमोजिम बनाइनेछ

वि.सं.२०८२ भदौ २७ शुक्रवार

1.2K 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ३२ वटा केन्द्रीय विभागले पार्टीलाई जेन–जीको चाहना बमोजिम बनाइने प्रतिबद्धता गरेका छन् ।

पार्टीका ३२ केन्द्रीय विभागका सचिवको आज भर्चुअल बैठकपछि सार्वजनिक गरिएको अपिलमा पार्टीलाई जेन–जीको चाहना बमोजिम बनाउँदै मुलुकका समग्र समस्या समाधान गर्न प्रतिबद्ध व्यक्त गरेका हुन् । “एमालेलाई हालको जेन–जीको चाहना बमोजिमको पार्टी बनाउँदै मुलुकका समग्र समस्या समाधान गर्न प्रतिबद्ध छौँ”, अपिलमा भनिएको छ ।

विभागले जेन–जीको भावनाअनुसार वर्तमान संविधानको मर्म र परिधिभित्र रहेर तत्काल राष्ट्रिय सरकार गठन गरी वर्तमान राजनीतिक अन्योलताको अन्त्य गर्न माग गरेको एमाले सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिए ।

उनले चाँडै राजनीतिक निकासका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सबै कामको अग्रसरता र नेतृत्वको लागि विशेष अनुरोध गरेको बताए । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनु हुनेप्रति श्रद्धान्जलि व्यक्त गर्र्दै आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाको माग गरिएको छ ।

 

वि.सं.२०८२ भदौ २७ शुक्रवार १८:३३ मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...