back
CTIZAN AD

कपुरकोट माइक्रोबस दुर्घटनाः तीनजनाको मृत्यु, दुई घाइते

वि.सं.२०८२ असोज १२ आइतवार

960 

shares

दाङ । रुकुम बाँफिकोटबाट दाङ तुलसीपुरतर्फ आइरहेको यात्रुवाहक माइक्रोबस (हाइस) दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका–५ निवासी ६७ वर्षीय पबी केसी, सोही ठाउँका २७ वर्षीय प्रकाश केसी र ३० वर्षीय शशिधर केसी रहेको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिए ।

आइतबार बिहान लु२ख ६५०२ नम्बरको सो माइक्रोबस कपुरकोट–३ चोरखोलामा दुर्घटना भएको थियो । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा रुकुमपश्चिम बाँफिकोट गाउँपालिकाका ४७ वर्षीय खगेन्द्र केसी र सोही ठाउँका ३६ वर्षीय डिना केसी छन् । घाइतेहरूलाई उपचारका लागि राप्ति प्रादेशिक अस्पातल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहपुरमा लगिएको छ । गाडी सडकदेखि तीन सय मिटर तल खसेकोे छ ।

 

वि.सं.२०८२ असोज १२ आइतवार ०९:५० मा प्रकाशित

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

काठमाडौँ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा...

भोटेकोशी बाढीबाट वेपत्ता भएका १५८ जनाको शव नवलपुरमा भेटियो 

भोटेकोशी बाढीबाट वेपत्ता भएका १५८ जनाको शव नवलपुरमा भेटियो 

नवलपुर (नवलपरासी) । यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा...