back

आइतबार बिहानसम्म यी चार प्रदेशमा अतिभारी वर्षा हुने, सतर्कता अपनाउन अनुरोध

वि.सं.२०८२ असोज १८ शनिवार

222 

shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले मनसुनको अवस्था र पूर्वतयारी सम्बन्धमा सरोकारवालासँग गर्नुभएको छलफलमा विभागका महानिर्देशक कमलराम जोशीले अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहनुपर्ने बताएका हुन् ।

जोशीले विशेषगरी यस अवधिमा बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै ती क्षेत्रका नदी आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दाले विशेष सतर्कता अपनाउनसमेत आग्रह गरेका छन् ।

“यी प्रदेशहरूमा आज राति १० देखि आइतबार बिहान २ बजेसम्म २०० मिलिमिटरभन्दा बढी पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जरुरी छ”, उहाँले भन्नुभयो । यो समयमा अनावश्यक रूपमा यात्रा नगर्न जोशीले आग्रह गर्नुभयो । विभागका अनुसार देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहेको छ ।
–––

वि.सं.२०८२ असोज १८ शनिवार १३:१५ मा प्रकाशित

Himalayan Life AD
देशका प्रमुख आठ नदी खतराको तह पार, १२ नदी सतर्कताको तहमाथि

देशका प्रमुख आठ नदी खतराको तह पार, १२ नदी सतर्कताको तहमाथि

नारायण ढुङ्गाना, काठमाडौँ । अविरल वर्षातका कारण देशका विभिन्न आठ...

सप्तकोशी नदीमा जलवहाव उच्च, कोशी ब्यारेजका ५० ढोका खोलिए

सप्तकोशी नदीमा जलवहाव उच्च, कोशी ब्यारेजका ५० ढोका खोलिए

संगीता राई , धरान (सुनसरी) । अविरल वर्षातका कारण सप्तकोशी...

आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने

आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने

काठमाडौँ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा...

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

उदयपुर । त्रियुगा नगरपालिका–५ दमौटीमा एक बालकको खोलाले बगाउँदा मृत्यु...

पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो

पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको...

आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयद काठमाडौँ । नेपाल...