back

सप्तकोशी नदीमा जलवहाव उच्च, कोशी ब्यारेजका ५० ढोका खोलिए

वि.सं.२०८२ असोज १९ आइतवार

180 

shares

संगीता राई , धरान (सुनसरी) । अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलवहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५० ढोका खोलिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको वहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० खोलिएको जानकारी दिए । उनका अनुसार आज बिहान ८ ः१५ बजे सो नदीको जलवहाव मापन गरिएको थियो । आज बिहान ७ः०० बजे सो नदीको जलवहाव मापन गर्दा दुई लाख ७१ हजार ३१० क्यूसेक पुगेपछि ३९ ढोका खोलिएकोे थियो ।

शनिबार बेलुका ८ः०० बजे पानीको प्रवाह मापन गर्दा एक लाख ९३ हजार ६० प्रतिसेकेण्ड पाइएपछि १५ ढोका खोलिएको थियो । गत भदौ १७ गते नदीमा पानीको वहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो । यसपछि लगातार पानीको वहाव घटेको थियो । शुक्रबार र शनिबार लगातार बर्षा भइरहेको कारण आज बिहानदेखि सप्तकोशीमा पानीको वहाव बढ्दै गएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार अहिले कोशी ब्यारेजमा तीन रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।

वि.सं.२०८२ असोज १९ आइतवार ०९:२६ मा प्रकाशित

Himalayan Life AD
सप्तकोशी नदीमा जलवहाव उच्च : तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

सप्तकोशी नदीमा जलवहाव उच्च : तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

धरान (सुनसरी) । गत शुक्रबार र शनिबारदेखिको लगातार वर्षाले सप्तकोशी...

पाँचथरमा बोलेरो दुर्घटनाका मृतकको पहिचान खुल्यो

पाँचथरमा बोलेरो दुर्घटनाका मृतकको पहिचान खुल्यो

रवीन्द्र काफ्ले, पाँचथर । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा...

देशका प्रमुख आठ नदी खतराको तह पार, १२ नदी सतर्कताको तहमाथि

देशका प्रमुख आठ नदी खतराको तह पार, १२ नदी सतर्कताको तहमाथि

नारायण ढुङ्गाना, काठमाडौँ । अविरल वर्षातका कारण देशका विभिन्न आठ...

आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने

आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने

काठमाडौँ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा...

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

उदयपुर । त्रियुगा नगरपालिका–५ दमौटीमा एक बालकको खोलाले बगाउँदा मृत्यु...

पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो

पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको...