back

पाँचथरमा बोलेरो दुर्घटनाका मृतकको पहिचान खुल्यो

वि.सं.२०८२ असोज १९ आइतवार

144 

shares

रवीन्द्र काफ्ले, पाँचथर । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा शनिबार भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउने छ जनाको पहिचान खुलेको छ ।

जिल्लाको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरान जाँदै गरेको मे१ज ३०५५ नम्बरको बोलेरो शनिबार मध्याह्न कुम्मायक–३ कात्तिकेमा सडकबाट करिब ३०० मिटर तल झरेर दुर्घटना भएको थियो । दुर्घटनामा छ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा मोरङको उर्लाबारी नगरपालिका–८ की २८ वर्षीया मनिषा कार्की, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ की २९ वर्षीया युना तामाङ, ३३ वर्षीय धनकुमार चोङबाङ र ३२ वर्षीय अभिषेक लिम्बू, मेरिङदेन गाउँपालिका–२ का ३३ वर्षीय विनोद लङ्वा लिम्बू र मेरिङदेन गाउँपालिका–४ का २१ वर्षीया गीता हाङगाम छन् ।

घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमा मेरिङदेन–५ का २२ वर्षीय महेश लिम्बू र २५ वर्षीय विमल लिम्बू, मिक्वाखोला गाउँपालिका–४ का २५ वर्षीया मनु साँवा लिम्बू, सोही स्थानका सन्तोष लिम्बूका सात वर्षीय छोरा अनिश लिम्बू र ३० वर्षीय संजोहाङ लिम्बू तथा सुनसरीको इटहरी उपमहानगरपालिका–७ का ३५ वर्षीय महेश गुरागाइँ रहेका छन् । बोलेरो आफैँ अनियन्त्रित भई सडकको दायाँतर्फबाट झरेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८२ असोज १९ आइतवार १०:२१ मा प्रकाशित

Himalayan Life AD
सप्तकोशी नदीमा जलवहाव उच्च : तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

सप्तकोशी नदीमा जलवहाव उच्च : तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

धरान (सुनसरी) । गत शुक्रबार र शनिबारदेखिको लगातार वर्षाले सप्तकोशी...

देशका प्रमुख आठ नदी खतराको तह पार, १२ नदी सतर्कताको तहमाथि

देशका प्रमुख आठ नदी खतराको तह पार, १२ नदी सतर्कताको तहमाथि

नारायण ढुङ्गाना, काठमाडौँ । अविरल वर्षातका कारण देशका विभिन्न आठ...

सप्तकोशी नदीमा जलवहाव उच्च, कोशी ब्यारेजका ५० ढोका खोलिए

सप्तकोशी नदीमा जलवहाव उच्च, कोशी ब्यारेजका ५० ढोका खोलिए

संगीता राई , धरान (सुनसरी) । अविरल वर्षातका कारण सप्तकोशी...

आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने

आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने

काठमाडौँ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा...

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

उदयपुर । त्रियुगा नगरपालिका–५ दमौटीमा एक बालकको खोलाले बगाउँदा मृत्यु...

पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो

पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको...