back

वृद्धसहित दुई पुरुष मृत भेटिए

वि.सं.२०८२ कात्तिक ७ शुक्रवार

84 

shares

दमक (झापा) । जिल्लाको दमक र कमल गाउँपालिकामा आज बिहान एक वृद्धसहित दुई पुरुष मृत भेटिएका छन् ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार कमल–५ पाडाजुंगी चौक बस्ने ६१ वर्षीय टेकबहादुर खड्का आफ्नै घरमा मृत भेटिएका हुन् । तिहार मान्न श्रीमती कविता खड्का चितवन माइत गएका बेला खड्काले आफ्नै कोठामा मृतावस्थामा भेटिएका थिए । घरमा नातिनी श्रृजा निरौलासँगै बसेका हजुरबुबा खड्कालाई बिहानपख उठाउन खोज्दा नउठेपछि ढोका खालेर हेर्दा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

मृतकका २८ वर्षीय छोरा सरोज खड्का २०७९ कात्तिक १६ गते सोही कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । बुवा र छोराको तीन वर्षको अवधिमा एकै किसिमको मरणले स्थानीय बासिन्दा दुखित हुनुपरेको स्थानीय युवराज खड्काले बताए ।

यसैगरि दमक नगरपालिका–८ का ७१ वर्षीय अम्बिका खनाल आज बिहान आफ्नै घरमा मृत भेटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीले दुवै घटनामा कानुनी मुचुल्का पूरा गरी शव पोष्टमार्टमका लागि दमक अस्पतालमा पठाइएको प्रहरी निरीक्षक नविन राईले बताए ।

वि.सं.२०८२ कात्तिक ७ शुक्रवार १३:०६ मा प्रकाशित

Himalayan Life AD
रुकुम पश्चिम जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

रुकुम पश्चिम जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी । बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ...

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

काठमाडौँ  । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन...

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

काठमाडौँ । जेनजी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति...

लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान

लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि...

फुटबलः नेपाल र इरानबीच खेल हुँदै

फुटबलः नेपाल र इरानबीच खेल हुँदै

काठमाडौँ । भारतमा जारी त्रिदेशीय अन्तरराष्ट्रिय प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा...