back
CTIZAN AD

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

वि.सं.२०८२ कात्तिक ३ सोमवार

11.6K 

shares

नेपाली विद्यार्थी समाज युनिभर्सिटी अफ टेक्सास एल पासोले अक्टोबर १८ शनिबारको दिन भव्य रुपमा दशैँ, तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सम्पूर्ण एल पासोबासी नेपाली समुदायलाई साँस्कृतिक एकताको मालामा बाँधेर नेपाली मन र नेपाली पनलाई ताजा राख्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा नेपाली समुदाय एल पासोको बाक्लो उपस्थिति थियो । उक्त कार्यक्रममा विद्यार्थी समाजकी सचिव मेनुका गुरुङले सम्पूर्ण नेपाली समाजलाई स्वागत गर्दै नानीहरु एरिना भुसाल, अनश्रुता पौडेल र रितिका कोइरालालाई आँफैले तयार गरेको नाच प्रस्तुत गर्न मन्चमा बोलाएपछि माहोलमा अत्यन्तै रौनकता थपिएको थियो । त्यसलगत्तै कमला आचार्यले आफ्नै स्वरमा बजारमा रहेको देउसी भैलो भट्याएर आफू नाच्दै उपस्थित सबैलाई नचाएकी थिइन ।

कमला आचार्य, राधा बश्याल र लिलाधर बश्याललाई भर्खरै नेपालबाट आउँदा बिदेशी ठाउँमा कस्तो लागि रहेको छ त ? भनेर विद्यार्थी समाजका उपाध्यक्ष अम्बिर खड्काले सोधेको प्रश्नमा उनीहरुले ‘नेपाली पन त बिदेशमा झन धेरै पोखिँदो रहेछ भनेर सबै सहभागीलाई धन्यवाद र आशिर्वाद दिएका थिए । लगत्तै विद्यार्थी समाजका अध्यक्ष पूर्णचन्द्र भुसालले अत्यन्तै सुन्दर रुपमा देउसी भैलो भट्याए भने समाजकी सक्रिय सदस्य शोभा कुईंकेलले दान दक्षिनाको लागि आव्हान गरिन् । माहोललाई रमाईलो राख्न नेपाली समाजका अगुवाहरु शुसिल भुसाल, सुश्मा कार्की, रमेश आचार्य र विद्यार्थी समाजका धेरै सदस्यहरुले फटाफट गोजीबाट डलर निकाली मन फुकाएर भैलो दान गरे । त्यसलगत्तै बिदेशी भूमिमा नेपालीपन झल्काउन नेपाली भजन गुन्जायमान गराउने उद्देश्यले लिलाधर बश्याल तथा मिनप्रसाद शर्मा, रामजी भुसाल बाट भजन टुक्का राखियो । विद्यार्थी समाजका कोषाध्यक्ष संजिव निरौला र डक्युमेन्टरियन रोशन कंडेलले पहिलो पटक विद्यार्थी समाजको कार्यक्रममा उपस्थित अतिथिहरुसँग अनुभुति शेयर गरेका थिए ।

कार्यक्रम सफल बनाउन विशेष सहयोग गरेकी नमूना घिमिरेले भेन्यू बूकिङ र खाना व्यवस्थापन गरीन् भने सजावट सामाग्रीको ब्यवस्थापनका लागि जुटेका सहयोगी हातहरु दीपा सिलवाल, हरि आचार्य, दिव्य दर्पण अधिकारी, रोशन कंडेल, रेनुका खतिवडाको सहयोगलाई विद्यार्थी समाजले प्रशंसा गरेको थियो । आफ्नो व्यस्त समयका बाबजुद सम्पूर्ण विद्यार्थी समाजका साथीहरु एवं नेपाली समाजले देखाएको सहभागिता र सक्रियताप्रति सबैले प्रशंशा गरेका थिए ।

वि.सं.२०८२ कात्तिक ३ सोमवार १३:०८ मा प्रकाशित

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...