back

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

वि.सं.२०८२ कात्तिक ७ शुक्रवार

162 

shares

काठमाडौँ । जेनजी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए पनि तिहारमा पनि सक्रियता बढेको देखिएको छ । प्रहरीको सक्रिय उपस्थितिका कारण चाडपर्वमा ठूलो दुर्घटना हुन नपाएको प्रहरीले जनाएको छ ।

“तिहारको दिन काठमाडौँ उपत्यकामा सामान्य खालका १६ वटा दुई पाङ्ग्रे सवारी दुर्घटना भएको रेकर्ड छ”, ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले भने, “ट्राफिक प्रहरी प्रमुख सहितको टोली तिहारको दिन सडकमा खटिएको थियो, प्रहरीको सक्रियताकै कारण मानवीय क्षति हुन पाएन ।”

उनका अनुसार मात्रै उपत्यकामा १९९ जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएको कसुरमा कारबाहीमा परेका छन् । साथै १५ जना मानिस सामान्य घाइते भएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीका अनुसार तिहारमा सुरक्षात्मक उपायहरू कडाइका साथ लागू गरिएको थियो । उनले भने, “तिहारमा लापरबाही तरिकाले सवारी चलाउनेविरुद्ध सिसी क्यामराबाट निगरानी बढाइएको थियो, सडकमा ट्राफिक प्रहरीको उल्लेख्य उपस्थिति थियो ।”

उनका अनुसार भक्तपुर, ललितपुर हुँदै नयाँ बसपार्क, कोटेश्वर, रत्नपार्क, कलङ्की, चाबहिलजस्ता व्यस्त क्षेत्रमा प्रहरीहरू निरन्तर सवारी साधनको आवागमन व्यवस्थापनमा जुटेका थिए । उनले आफू स्वयम पनि दिनभर सडकमा खटिएको बताए ।

“भाइटीका भन्दा ठूलो हाम्रो कर्तव्य हो, नागरिक र देशका लागि सडकमा खटिनु नै हाम्रो तिहार हो,” प्रहरी प्रमुख अधिकारीले टोलीका सदस्यहरूलाई सम्बोधन गर्दै भने, “चाडपर्वका बेला सवारी दुर्घटना र मादक पदार्थ सेवन गरेर सवारी चलाउने घटनाहरू बढी हुने भएकाले ट्राफिक प्रहरी सर्तक रहनु अत्यावश्यक छ ।” रासस

 

वि.सं.२०८२ कात्तिक ७ शुक्रवार १३:३५ मा प्रकाशित

Himalayan Life AD
रुकुम पश्चिम जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

रुकुम पश्चिम जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी । बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ...

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

काठमाडौँ  । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन...

वृद्धसहित दुई पुरुष मृत भेटिए

वृद्धसहित दुई पुरुष मृत भेटिए

दमक (झापा) । जिल्लाको दमक र कमल गाउँपालिकामा आज बिहान...

लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान

लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि...

फुटबलः नेपाल र इरानबीच खेल हुँदै

फुटबलः नेपाल र इरानबीच खेल हुँदै

काठमाडौँ । भारतमा जारी त्रिदेशीय अन्तरराष्ट्रिय प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा...