back

देशलाई गलत दिशामा जान नदिने अध्यक्ष ओलीको प्रतिबद्धता

वि.सं.२०८२ मंसिर २७ शनिवार

321 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सो पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटनसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अनेक चुनौती र प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको बताए । एमाले कुनै राजनीतिक ‘स्टन्ट’ नगरी समृद्ध मुलुक बनाउने सङ्कल्पमा अग्रसर रहने जनाउँदै सुशासन र विकास चाहने सम्पूर्ण शक्तिले एमालेलाई साथ दिएको उल्लेख गरे ।

“लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छ । लोकतन्त्र र जनताको हितमा समर्पित एमाले जस्तो शक्तिलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्छ । सिङ्गो देशलाई समृद्ध र सुखी बनाउने गन्तव्यतर्फ हामी अघि बढिरहेका छौँ”, अध्यक्ष ओलीले भने, “कम्युनिष्ट पार्टी जति बलियो भयो, त्यति नै राष्ट्रियता बलियो हुन्छ । एमाले सामाजिक न्याय र सामाजिक न्यायको सुरुआती अभियन्ता पार्टी हो । नागरिकले जीवनको आधार यही शक्ति हो ।”

एमाले समावेशिताको अगुवा भएको बताउँदै ओलीले राष्ट्रिय राजनीतिमा एमालेले सबै क्षेत्रको समावेशीतालाई स्थापित गरेको बताए । एमाले नेपाली विशेषतासहितको समाजवाद निर्माणमा लागेको उल्लेख गर्दै उनले एमाले गाउँमुखी र जनसहभागितामूलक विकास तथा ठूला विकास योजनाको अभियन्ता भएको बताए ।

महाधिवेशनको विशाल उपस्थितिलाई बेवास्ता नगर्न स्मरण गराउँदै ओलीले विघटित संसद् पुनःस्थापना हुनेमा आफूहरु विश्वस्त रहेको बताए ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घुसपैठका कारण राज्य र राज्यका संरचनालाई कमजोर बनाइए पनि शान्तिपूर्ण र न्यायपूर्ण बलको जगमा लोकतन्त्रलाई फर्काइने अध्यक्ष ओलीको भनाइ थियो । ओलीले अहिलेको सरकार निर्वाचनको वातावरण बनाउनभन्दा पूर्वाग्रह र संविधानविपरीतका काममा लागेको आरोप पनि लगाए ।

वि.सं.२०८२ मंसिर २७ शनिवार १७:२२ मा प्रकाशित

Himalayan Life AD
नेकपा एमालेको बन्दसत्र सुरु

नेकपा एमालेको बन्दसत्र सुरु

काठमाडौं । नेकपा एमालेको बन्दसत्र सुरु भएको छ । आइतबार...

त्रिभुवन विश्वविद्यालयमा हिमालयन रिम क्षेत्रीय चलचित्र प्रदर्शनी सुरु

त्रिभुवन विश्वविद्यालयमा हिमालयन रिम क्षेत्रीय चलचित्र प्रदर्शनी सुरु

काठमाडौँ । ‘हिमालयन रिम क्षेत्रीय चलचित्र प्रदर्शनी – २०२५’ त्रिभुवन...

राजधानी काठमाडौँमा मोक्सी होटेल्सको आगमन: नेपाली संस्कृतिको केन्द्रमा रमाइलोको रङ थपिँदै

राजधानी काठमाडौँमा मोक्सी होटेल्सको आगमन: नेपाली संस्कृतिको केन्द्रमा रमाइलोको रङ थपिँदै

काठमाडौं ।  मेरियट बोनवोय अन्तर्गत संचालित विश्वभरका ३० भन्दा बढी...

यामाहा नेपालद्वारा बुटवलमा नयाँ ‘ब्लु स्क्वायर’ शोरूमको उद्घाटन

यामाहा नेपालद्वारा बुटवलमा नयाँ ‘ब्लु स्क्वायर’ शोरूमको उद्घाटन

बुटवल । यामाहा नेपालले बुटवलमा आफ्नो नयाँ यामाहा ब्लु स्क्वायर...

सिरहाको लहानमा बीमा कम्पनी शाखा प्रमुखहरूसँग बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

सिरहाको लहानमा बीमा कम्पनी शाखा प्रमुखहरूसँग बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडाैँ । नेपाल बीमा प्राधिकरणको आयोजनामा मङ्सीर २६ गते सिरहाको...

एमाले केन्द्रीय कमिटी तीनसय एक सदस्यीय हुने

एमाले केन्द्रीय कमिटी तीनसय एक सदस्यीय हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय...