back
CTIZAN AD

सिरहाको लहानमा बीमा कम्पनी शाखा प्रमुखहरूसँग बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

वि.सं.२०८२ मंसिर २८ आइतवार

759 

shares

काठमाडाैँ । नेपाल बीमा प्राधिकरणको आयोजनामा मङ्सीर २६ गते सिरहाको लहानमा बीमा कम्पनीका शाखा कार्यालय प्रमुखहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्राधिकरणका निर्देशक कुन्दन सापकोटाले बीमा ऐन, नियम तथा निर्देशिकाको पालना गर्दै बीमा व्यवसाय सञ्चालन गर्न निर्देशन दिए। उनले बीमा क्षेत्रको विकास र विस्तारका लागि प्रदेश कार्यालयसँग समन्वय गरी गाउँस्तरसम्म पुग्न तथा कृषि तथा पशुपन्छी बीमाको प्रवर्द्धनमा जोड दिन आग्रह गरे।

कार्यक्रममा सहभागीहरूले बीमा अनुसन्धान तथा विकास, कर्मचारी तालिम, सीमा क्षेत्रमा बीमा सचेतना, कृषि बीमाको प्रवर्द्धन र सीएसआर रकम प्रदेशमै खर्च गर्ने व्यवस्था आवश्यक रहेको धारणा राखेका थिए। कार्यक्रममा सिरहा जिल्लास्थित जीवन तथा निर्जीवन बीमा कम्पनीका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो।

 

वि.सं.२०८२ मंसिर २८ आइतवार १५:०७ मा प्रकाशित

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

नुवाकोट । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

काठमाडौं । एनएमबि बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ११ लाख सहयोग

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...