back

टियागो इभि अन्तर–विद्यालय कला प्रतियोगिता ‘कार्टनिभल’का विजेता आशिम र समय्यालाई PS5 पुरस्कार

वि.सं.२०८२ मंसिर २९ सोमवार

162 

shares

काठमाडाैँ । टियागो इभि कार्टनिभल अन्तर स्कुल चित्रकला कार्यक्रम अन्तर्गत प्रदर्शनी र पुरस्कार वितरण कार्यक्रम हालै सम्पन्न भएको छ । सिप्रदियन सहायता संस्था र बुढानिलकण्ठ स्कुलको सहकार्यमा आयोजित अन्तर स्कुल चित्रकला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।

१० निजी र ६ सामुदायिक गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएको कार्यक्रम, चित्रकला प्रदर्शनी तथा विशेष पुरस्कार वितरण समारोह सहित सम्पन्न भएको छ । । प्रतियोगिता अन्तर्गत कक्षा ५ देखि ८ सम्मको समूहमा त्रियोग हाईस्कुलका आशिम सुन्दास र कक्षा ९ देखि १२ को समूहमा बुढानिलकण्ठ स्कुलका समय्या थापा प्रथम भएका छन् । दुवै समूहका प्रथम विजेताहरूलाई पुरस्कार स्वरूप प्लेस्टेशन ५ (PS5) प्रदान गरिएको छ ।

दुई चरणमा विभाजन गरिएको यस कार्यक्रमको पहिलो चरण अन्तर्गत गत मङ्सिर १३ गते चित्रकला प्रतियोगिता र कार्यशाला सञ्चालन गरिएको थियो भने दोस्रो चरणमा पौष २८ गते उत्कृष्ट कृतिहरूको प्रदर्शनी तथा पुरस्कार वितरण गरिएको थियो ।

प्रतियोगिताको कक्षा ५ देखि ८ को समूहमा काठमाडौँ यूरो स्कुलकी ब्रिशा भट्टले द्वितीय, नेशनल ब्लुमिंग फ्लावोर एकेडेमीका सामिक कुँवरले तृतीय, बुढानिलकण्ठ स्कुलका दक्ष चौधरीले चौथो र त्रियोग हाईस्कुलकी आश्वी घलेले पाँचौँ स्थान हासिल गरेका छन् । त्यसैगरी कक्षा ९ देखि १२ को समूहमा बुढानिलकण्ठ माध्यमिक विद्यालयकी युनिशा श्रेष्ठ र राजन मुखिया क्रमशः द्वितीय र तृतीय हुन सफल भएका छन् ।

उक्त कार्यक्रम बुढानिलकण्ठ स्कुलका प्रिन्सिपल केशर खुलाल, सिप्रदी ट्रेडिङ प्रा.लि.का पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्त जङ्ग सिजापतिका साथै शिक्षक, अभिभावक, सहभागी स्कुलका विद्यार्थी, तथा कला क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सु सम्पन्न भएको थियो ।

वि.सं.२०८२ मंसिर २९ सोमवार १३:३५ मा प्रकाशित

Himalayan Life AD
ज्योति विकास बैंकका कर्मचारीमाथि भएको आक्रमणप्रति सिबिफिनको कडा आपत्ति

ज्योति विकास बैंकका कर्मचारीमाथि भएको आक्रमणप्रति सिबिफिनको कडा आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकका कर्मचारीमाथि गरिएको लज्जास्पद, घृणित तथा...

कृषि विकास बैंकको १९औँ वार्षिक साधारण सभा भव्य र उत्साहजनक रूपमा सम्पन्न

कृषि विकास बैंकको १९औँ वार्षिक साधारण सभा भव्य र उत्साहजनक रूपमा सम्पन्न

काठमाडाैँ । कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्ला २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु...

एनआरएनए अध्यक्ष श्रेष्ठसँग अफ्रिकाका एनआरएनको अन्तरक्रिया कार्यक्रम

एनआरएनए अध्यक्ष श्रेष्ठसँग अफ्रिकाका एनआरएनको अन्तरक्रिया कार्यक्रम

अफ्रिका । एनआरएनए एकताको खुशीको शन्देस बाड्न एनआरएनएका अध्यक्ष महेशकुमार...

मादी नदीमा महिलाको शव फेला

मादी नदीमा महिलाको शव फेला

दमौली (तनहुँ) ।  व्यास नगरपालिका–५ माथिल्लो पाटनस्थित मादी नदीको किनारमा...

पासोमा चितुवा

पासोमा चितुवा

दशरथचन्द । बैतडीमा स्थानीयले जङ्गली जनावरका लागि थापेको पासोमा चितुवा...