back
CTIZAN AD

कृषि विकास बैंकको १९औँ वार्षिक साधारण सभा भव्य र उत्साहजनक रूपमा सम्पन्न

वि.सं.२०८२ मंसिर २९ सोमवार

702 

shares

काठमाडाैँ । कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को १९औँ वार्षिक साधारण सभा सोमबार बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे–भक्तपुरमा भव्य तथा उत्साहजनक वातावरणमा सफलतापूर्वक सम्पन्न गरेको छ।

देशभर फैलिएको आफ्नो बृहत् कार्यसञ्जालमार्फत बैंकले आधुनिक बैंकिङ सेवा नेपालका अति दुर्गमदेखि सुगम क्षेत्रसम्म प्रभावकारी रूपमा विस्तार गर्न सफल भएको छ। हाल बैंकका मुख्य कार्यालयसहित २८५ वटा कार्यालय सञ्चालनमा रहेका छन्। नेपालका वाणिज्य बैंकहरूमध्ये कृषि क्षेत्रमा सबैभन्दा बढी लगानी गर्ने अग्रणी बैंकका रूपमा कृषि विकास बैंकले आफ्नो पहिचान थप सुदृढ बनाउँदै आएको छ।

साधारण सभाले शेयरधनीहरूलाई चुक्ता पूँजीको ३.२५ प्रतिशत बोनस शेयर तथा ९.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। सोही सन्दर्भमा बैंकले यथाशीघ्र लाभांश वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ, जसले शेयरधनीहरूमा थप उत्साह र विश्वास पैदा गरेको छ।

उक्त साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष डिम प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो। सभामा नेपाल सरकार, महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधि मुक्तीरमण पराजुलीसहित ९ जना वक्ताहरूले बैंकको प्रगति, वित्तीय अवस्था, चुनौती तथा भावी रणनीतिका विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए। साथै केही शेयरधनी महानुभावहरूले लिखित मन्तव्यसमेत प्रस्तुत गर्नुभएको थियो।

साधारण सभामा उठाइएका शेयरधनीहरूको जिज्ञासा तथा सुझावहरूप्रति अध्यक्ष पौडेलले स्पष्ट जवाफ दिँदै प्राप्त सुझावहरूलाई नियमानुसार क्रमशः कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले बैंकको दिगो विकास, पारदर्शिता तथा कृषि क्षेत्रको समग्र उन्नतिमा बैंक सदैव केन्द्रित रहने धारणा राख्नुभयो।

शेयरधनीहरूको उल्लेखनीय उपस्थिती रहेको उक्त साधारण सभामा विभिन्न सरकारी तथा गैरसरकारी निकाय, संघ–संस्थाका प्रतिनिधिहरू, बैंकका उच्च व्यवस्थापक, कर्मचारीहरू तथा सञ्चालक समितिका सदस्यहरू सेवन्तक पोखरेल, डा. हरि बहादुर के.सी., गोविन्द प्रसाद भट्टराई, संजीव पौडेल, विनोद कुमार गुरागाँई, रीता सुवेदी र प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थिति रहेको थियो।

कार्यक्रमको औपचारिक सञ्चालन बैंकका कम्पनी सचिव श्री हिमलाल पौडेलले गर्नुभएको थियो।

 

वि.सं.२०८२ मंसिर २९ सोमवार १८:३८ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...