back

युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ

वि.सं.२०८२ पुस २ बुधवार

132 

shares

काठमाडौँ । वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै रु ५२ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कास्की पोखरा महानगरपालिका–१५ घर भई हाल काठमाडौँ महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली पक्राउ परेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार बराइलीले एक जना पीडितलाई रोजगारीका लागि युके लैजाने भन्दै रु ५२ लाख रकम लिई लामो समयसम्म झुक्याएर राखी युके नपठाई सम्पर्कविहीन भएका उजुरीका आधारमा निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका बराइलीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले बताए । रोजगारीका लागि विदेश पठाउने नाममा ठगी गर्ने क्रम बढेकाले त्यसतर्फ सचेत रहन प्रहरीले सबैमा आग्रह गरेको छ ।

वि.सं.२०८२ पुस २ बुधवार १२:०६ मा प्रकाशित

Himalayan Life AD
भोजपुर-खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवद्र्धनको खाँचो

भोजपुर-खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवद्र्धनको खाँचो

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय...

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

तनहुँ । मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को...

घरमा ढुङ्गा खस्दा चार जना घाइते

घरमा ढुङ्गा खस्दा चार जना घाइते

अदानचुली (हुम्ला) । गएराति सर्केगाड गाउँपालिका–४ सर्केगाड बजार बस्ने दनबहादुर...

दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो

दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो

कञ्चनपुर । यहाँ बिहानैदेखि हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की

पाटन (ललितपुर) । प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र...

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी । सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका...