back
CTIZAN AD

भोजपुर-खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवद्र्धनको खाँचो

वि.सं.२०८२ पुस २ बुधवार

315 

shares

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहे पनि व्यवस्थित प्रवद्र्धन नहुँदा यो क्षेत्रले अपेक्षित रूपमा पर्यटक तान्न नसकेको सरोकारवाला बताउँछन् ।

नयाँ वर्ष, चाडपर्व तथा विभिन्न अवसरमा वनभोज (पिकनिक) खान आउने आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको तावा भञ्ज्याङ पछिल्लो समय विस्तारै चिनिन थालेको छ । तर, दीर्घकालीन योजना, पूर्वाधार विकास र प्रचार रणनीति नहुँदा यसको सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन ।

मनोरम दृश्यले भरिएको यो क्षेत्र भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लखर्क र खोटाङको साकेला गाउँपालिका–३ लाई जोड्ने महत्वपूर्णस्थल हो । हरियाली वन, खुला फाँट, स्वच्छ हावापानी र टेम्के–सेल्मेको काखमा अवस्थित यस भञ्ज्याङले जो–कोही पर्यटकलाई आकर्षित गर्ने स्थानीय बताउँछन् ।

दुई जिल्लाको सिमानामा पर्ने यस क्षेत्रमा साकेला गाउँपालिकाले पछिल्लो समय विभिन्न भौतिक संरचना निर्माण गर्नुका साथै चियाखेतीको विस्तार सुरु गरेको छ । चिया बगान, खुला पार्क र प्राकृतिक दृश्यले तावा भञ्ज्याङको सौन्दर्य अझ बढाएको स्थानीयको भनाइ छ ।

तावा भञ्ज्याङ नेपाल सरकारको ‘घुम्नै पर्ने सय गन्तव्य’ सूचीमा समावेश मुन्दुम पदमार्गको सुरु विन्दुसमेत भएकाले यसको ऐतिहासिक र सांस्कृतिक महत्व पनि उत्तिकै छ । यति महत्वपूर्ण पहिचान हुँदाहुँदै पनि प्रचार–प्रसारको कमीका कारण अपेक्षित सङ्ख्यामा पर्यटक भित्रिन नसकेको सरोकारवालाको गुनासो छ ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले तावा भञ्ज्याङ टेम्के–सेल्मेको काखमा अवस्थित महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै यसको प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको बताए । “यो क्षेत्रमा भरपूर पर्यटकीय सम्भावना रहेको देखिन्छ”, उनले भने, “केही संरचना निर्माणसँगै चियाखेती विस्तार भइरहेको छ, स्थानीय तह, निजी क्षेत्र र सरोकारवाला निकाय मिलेर काम गर्नसके यो क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ ।”

स्थानीयका अनुसार दावाभञ्ज्याङ र पाँचधारे क्षेत्र भोजपुर र खोटाङबीच लेकबेँसी कृषिउपजको विनिमय हुने प्रमुख केन्द्रका रूपमा परिचित छ । यहाँ महिनामा दुई पटक पाँचधारे बजार लाग्ने गर्दछ । फराकिला डाँडाकाँडा, रमणीय भू–दृश्य र प्रशस्त पर्यटकीय सम्भावना भएकाले पाँचधारे तथा तावा भञ्ज्याङलाई जोडेर दुई जिल्लाकै साझा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीय जानकारको भनाइ छ ।

प्राकृतिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण तावा भञ्ज्याङ र पाँचधारे क्षेत्रको व्यवस्थित विकास र प्रभावकारी प्रचार–प्रसार गर्नसके भोजपुर तथा खोटाङ दुवै जिल्लाको पर्यटन विकासमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ ।

वि.सं.२०८२ पुस २ बुधवार १४:२४ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...