back
CTIZAN AD

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

वि.सं.२०८३ साउन १२ मंगलवार

204 

shares

वीरगञ्ज । विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको समस्यालाई वार्ता, संवाद र सहमतिमार्फत समाधान खोज्न अपिल गरेको छ ।

वीरगञ्जस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आज बसेको सर्वदलीय बैठकले आन्दोलन र प्रदर्शनभन्दा पनि सम्बन्धित पक्षबीच समन्वय र सहमतिका आधारमा समाधान खोज्न आग्रह गरेका हुन् ।

नारायणी अस्पतालका ७१ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । शनिबार वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत चिकित्सक मेडिकल अफिसर डा प्रमोद राममाथि आक्रमण गरेका थिए । आक्रमणका कारण डा राम गम्भीर घाइते भएपछि बिरोधमा उत्रिएका ७१ चिकित्सकले आज सामूहिक राजीनामा दिएका छन् । शनिबारदेखि अस्पतालका सम्पूर्ण सेवा ठप्प छन् ।

नेपाली कांग्रेस पर्साका सभापति जनार्दनसिंह क्षेत्री, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) पर्साका नेता जयप्रकाश थारु, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेत्रृ तुलसा पौडेल अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सोमेश्वरनाथ उपाध्याय, नेकपा (एमाले) पर्साका नेता डा विश्वम्भर शर्मा र जसपा नेपालका रामनरेश यादव सहभागी बैठकले अस्पतालका सबै सेवा बन्द हुँदा सेवाप्रवाहमा समस्या भएको भन्दै जतिसक्दो चाँडो सेवा सञ्चालनका लागि पहल गर्न सम्बन्धित निकायसँग अपिल गरेका छन् । नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कर्णले आन्दोलन गर्दै जनताको स्वास्थ्यसँग जोडिएको स्वास्थ्य सेवा नै बन्द गर्नेभन्दा पनि सेवा सञ्चालन गर्दै संवाद वा कानूनी समाधान खोज्न आग्रह गरे ।

नेताहरुले नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण, त्यसपछिको आन्दोलन तथा देशभरका स्वास्थ्य संस्था प्रभावित भएको अवस्थाप्रति गहिरो चिन्तापनि व्यक्त गरेका छन् । बैठकले आकस्मिक कक्षमा कार्यरत डा प्रमोद राम तथा अन्य स्वास्थ्यकर्मीमाथि भएको कुटपिट र दुर्व्यवहारको भर्त्सना गर्दै घटनामा संलग्न दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा घाइते चिकित्सकको उपचारको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने मागपनि गरेको छ ।

आमनागरिकको स्वास्थ्य अधिकारलाई मध्यनजर गर्दै देशभर प्रभावित स्वास्थ्य संस्थाका सम्पूर्ण सेवा यथाशीघ्र नियमित सञ्चालनमा ल्याउन सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बैठकको आग्रह छ ।

वि.सं.२०८३ साउन १२ मंगलवार २०:१८ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...