back

यसकारण ताराले जित्नुपर्दछ काठमाडौँमा

वि.सं.२०८२ माघ ९ शुक्रवार

3.5K 

shares

पौष र माघको जाडो छिचोल्दै देश अब लगभग चुनावी गर्मीले तात्न थालेको छ । उम्मेदवारहरु घरदैलो अभियानमा आउन थाल्नु भएको छ । राजधानी काठमाण्डौ लगायत देशका शहर तथा हिमाल, पहाड, तराईका गाउँबस्तिमा चुनाव लागेको छ । संविधानको मर्म अनुसार नभएपनि चुनावमा महिला उम्मेदवारहरु पनि प्रतिस्पर्धामा हुनुहुन्छ ।

अहिले पनि काठमाण्डौ महानगर बहुआयामिक चुनौतीहरूबाट गुज्रिरहेको छ । अनियन्त्रित शहरीकरण, फोहोर व्यवस्थापनको समस्या, वायु प्रदूषण, अव्यवस्थित यातायात, सुरक्षित सार्वजनिक स्थानको अभाव, रोजगारी र अवसरमा असमानता लगायतका समस्याले हाम्रो दैनिकी प्रभावित छ । सुरक्षित सडक र यातायात, स्वास्थ्य सेवा, सरसफाइ, पानी, बालहेरचाह, बृद्ध अवस्था, काम, जीवन र सन्तुलन नीतिमा सहि रुपमा नपर्दा वा प्राथमिकतामा नराख्दा महिलाको श्रम र समय दोब्बर खर्च हुन्छ । अब हामीले नेतृत्व चयन गर्दा यी यथार्थलाई बुझ्ने क्षमता भएको व्यक्ति अनिवार्य हुनुपर्दछ ।

महिलाको उम्मेदवारी र सहभागिता केवल पहिचानका लागि मात्र होइन; यो जिम्मेवारी, संवेदनशीलता र दूरदृष्टि पनि हो भन्ने भावमा देशैभर महिलाहरु सक्रिय हुनुहुन्छ । अझ काठमाण्डौ त हाम्रो साझा घर हो र यसको भविष्य निर्माणमा महिलाको आवाज अपरिहार्य हुन्छ । काठमाण्डौको उज्यालो भविष्यका लागि जिम्मेवार निर्णय गर्नुपर्दछ । महिलाको सहभागिताबाट मात्र हाम्रो सहर समावेशी, सुरक्षित र सम्भावनायुक्त बन्छ भन्ने बिश्वास सबैमा हुनुपर्दछ । एक महिला नागरिक, एक आमा, एक छोरी र एक जिम्मेवार अभियन्ताको आवाज भएर उभिनु पर्दछ । अझ काठमाण्डौ त हाम्रो साझा घर हो, जहाँ हाम्रो वर्तमान बाँच्छ र भविष्य निर्माण हुन्छ । लोकतन्त्रमा नागरिकको सबैभन्दा ठूलो शक्ति भनेको विवेकपूर्ण मतदान हो । यसमा चुक्यौ भने भोली आत्मग्लानी सिवाय केहि हुँदैन ।

म यो लेखमार्फत आम दिदीबहिनीहरूसंग के अपिल गर्दछु भने हामीले सधैं परिवारको भविष्यका लागि सोच्यौं, अब सहरको भविष्यका लागि पनि सोच्ने बेला आएको छ । आमा भएर हामी छोराछोरी सुरक्षित सहरमा हुर्केको देख्न चाहन्छौं; छोरी भएर समान अवसर चाहन्छौं; कामकाजी महिला भएर सम्मान र सुरक्षा पनि खोज्छौं । म दाजुभाइहरुलाई पनि के अनुरोध गर्दछु भने जब महिलाहरू सुरक्षित र सशक्त हुन्छन्, तब मात्र समाज समग्रमा बलियो बन्छ । तपाईंहरूको एक मतले त्यो सम्भावनालाई साकार बनाउन सक्छ । मतदान केवल अधिकार होइन यो आशा, जिम्मेवारी र परिवर्तनको संकेत हो र अवसरको ढोका हो ।

अब हामीले नीति प्राथमिकतामा ख्याल गर्नुपर्दछ । विवेकपूर्ण मतदानका लागि हामीले केही आधारभूत प्राथमिकता छान्नु पर्दछ । महिलामैत्री र समावेशी नीति तथा सुरक्षित सार्वजनिक स्थान, स्वास्थ्य र शिक्षा पहुँच, पारदर्शी र जवाफदेही शासन तथा भ्रष्टाचारविरुद्ध स्पष्ट प्रतिबद्धता, दिगो शहरी विकास तथा फोहोर व्यवस्थापन, हरियाली, स्वच्छ ऊर्जा र वातावरण संरक्षण, युवा र रोजगारी तथा सीप विकास, उद्यमशीलता र स्थानीय अवसर, निर्णयमा नागरिक सहभागिता तथा समुदायको आवाजलाई निर्णयमा समेट्ने संस्कार जस्ता बिषय राख्यौ भने काठमाण्डौलाई बस्न योग्य, सुरक्षित र सम्भावनायुक्त महानगर बनाउन सक्छौं।

अब महिलाको दैनिक अनुभवसँग नीति र जीवन जोडिनुपर्छ । महिलाहरूले भोग्ने सार्वजनिक यातायातमा असहजता, स्वास्थ्य सेवामा पहुँच, सरसफाइ, पानी, हेरचाह, स्वास्थ्य, शिक्षा, सुरक्षा र सामाजिक न्यायजस्ता प्राथमिकता, युवती र किशोरीको भविष्यः अवसर र सुरक्षा, समुदायमा महिलाको अग्रसरता र परिवर्तन, टोल तथा आमा समूह, सहकारी र समुदायमा महिलाको सक्रियताले लोकतन्त्रलाई घर घर पु¥याउन भएको प्रयास तथा संवाद, बहस र तथ्यमा आधारित निर्णय संस्कारमा महिलाको भुमिका थप बढाउन भावना भन्दा पनि विवेकपूर्ण निर्णय राम्रो हुन्छ । त्यसैले पनि मतदान गर्दा निकै ख्याल गर्नुपर्ने भएको हो । मतदान गर्दा हामीले आफैंसँग सोध्नुपर्छ र उम्मेदवार छान्नु पर्दछ । के अहिलेका योजनाहरू महिलामैत्री छन, के सेवामा पहुँच समान छ, के पारदर्शिता र जवाफदेहिता सुनिश्चित छ भन्ने बिषयमा गंभिर बन्नै पर्दछ ।

काठमाण्डौ महानगरका सम्मानित मतदाता दिदीबहिनी तथा दाजुभाइहरू समक्ष मेरो अनुरोध के हो भने हाम्रो सहर काठमाण्डौ केवल इँटा र ढुंगाको संरचना मात्र होइन; यो इतिहास, संस्कार, श्रम, सपना र भविष्यको संगम हो । यही सहरमा हामी जन्मन्छौं, हुर्किन्छौं, सिक्छौं, संघर्ष गर्छौं र भावी पुस्तालाई उत्तरदायित्व सुम्पन्छौं । त्यसैले आज शहरको जीवन ख्याल गरेर लोकतान्त्रिक जिम्मेवारीबोध, विवेकपूर्ण निर्णय र सामूहिक भविष्यप्रतिको प्रतिबद्धताकासाथ मतदान प्रक्रियामा सक्रिय हुन अनुरोध गर्दछु ।

काठमाण्डौ महानगर आज अनेक चुनौती र सम्भावनाको दोहोरो मोडमा उभिएको छ । तीव्र शहरीकरण, वातावरणीय दबाब, फोहोर व्यवस्थापन, यातायात अव्यवस्था, वायु प्रदूषण, सुरक्षित सार्वजनिक स्थानको अभाव, साँस्कृतिक सम्पदाको संरक्षण, रोजगारी र अवसरको असमान पहुँच लगायत यी सबै प्रश्नहरूले हाम्रो दैनिक जीवन छोइरहेका छन् । यी समस्या कुनै एक व्यक्तिले मात्र समाधान गर्न सक्दैन तर दूरदृष्टि, इमानदारी, समावेशी सोच र उत्तरदायी नेतृत्व आवश्यक पर्छ । यस्तो नेतृत्व निर्माण गर्ने पहिलो र सबैभन्दा शक्तिशाली माध्यम भनेको मतदान हो । मतदान विवेक सहितको बिशवास पनि हो ।

महानगरभित्रका महिला दिदीबहिनीसँग काम गरेको अनुभवका आधारमा रूपमा म यो पनि स्मरण गराउन चाहन्छु कि काठमाण्डौको विकास तब मात्र दिगो हुन्छ जब महिला, युवा, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, श्रमिक, व्यवसायी, विद्यार्थी र सबै तह तथा वर्गको आवाज नीति र निर्णयमा प्रतिविम्बित हुन्छ । महिलाहरूले भोग्ने असुरक्षा, असमान अवसर, काम र परिवारको दोहोरो जिम्मेवारी, स्वास्थ्य र शिक्षा पहुँचका चुनौतीहरूलाई बुझ्ने नेतृत्व आजको आवश्यकता हो । त्यसैगरी युवाहरूका सपना, सीप र ऊर्जालाई देशमै उपयोग गर्ने वातावरण बनाउन सक्ने सोच अनिवार्य छ । यी सबै बिषयलाई ध्यानमा राखेर मतदान गर्नु भनेको आफ्नो भविष्य आफैंले लेख्नु हो ।

महिलाको आवाजलाई निर्णयमा रूपान्तरण गर्ने शक्ति मतदान हो । मतदान महिलाका लागि केवल अधिकार होइन; यो आवाजलाई निर्णयमा बदल्ने माध्यम हो । महिलाको सक्रिय सहभागिताले स्वास्थ्य, शिक्षा, सुरक्षा र सामाजिक न्यायजस्ता प्राथमिकता नीति निर्माणको केन्द्रमा ल्याउँछ । दिदीबहिनीहरू, तपाईंको मतले शहरको दिशा बदल्न सक्छ । त्यसैगरी सुरक्षित शहर, सम्मानित जीवन महिलाको अर्को माग हो । कुनै पनि शहर तब मात्र समुन्नत हुन्छ जब महिलाले डर बिना हिँड्न, काम गर्न र नेतृत्व गर्न सक्छन् । सुरक्षित सार्वजनिक स्थान, उज्यालो सडक, उत्तरदायी सेवा र सामाजिक न्यायप्रणाली यी सबै महिलाको सम्मानित जीवनका आधार हुन् । जहाँ विचारसहितको महिला नेतृत्व बलियो हुन्छ, त्यहाँ सामुदायिक स्वास्थ्य, गुणस्तरीय शिक्षा, सरसफाइ, वातावरण संरक्षण र पारदर्शिताले प्राथमिकता पाउँछन् र मानवता पनि सुदृढ हुन्छ । यो अनुभव संसारभर देखिएको सत्य हो। काठमाण्डौले पनि यही बाटो रोज्नु पर्दछ । त्यसकारण पनि यो अपिलको सार्थकता छ ।

आज बिभिन्न रंगीचंगी भेषमा दलहरु आएका छन् । महिलाहरुका माग र समस्या बाहेक पनि उनीहरुसंग कस्तो बिचार छ, उनीहरु माटो, देश र जनताप्रति कति निष्ठावान छन त्यो जाँच हामी महिलाले पनि गर्न सक्छौं । महिलालाई दास्रो दर्जाका मानिस बनाएको समाजमा जनयुद्धले दिएको समाज रुपान्तरणको धक्का, जनमुक्ति सेना हुँदै सरकारी फौजमा महिलाहरुको बृद्धि, लोकसेवा तथा अवसरका अन्य क्षेत्र लगायतमा महलाको आरक्षण, संसदमा ३३ प्रतिशतको ब्यबस्था, महिला राष्ट्पति, महिला प्रधानमन्त्री, महिला प्रधान न्यायाधिश, महिला सभामुख जस्ता उपलब्धि पनि जनयुद्धको आधारमा बिकसित दोस्रो जनआन्दोलन र त्यसबाट निर्मीत संबिधानका उपलब्धि हुन् । यी सबैको मुख्य संवाहक तत्कालीन माओवादी केन्द्र सहितका समाजवादीहरुको बृहद् एकता पछि निर्माण भएको नेपाली कम्युनिष्ट पार्टी हो । गुठीका समस्या, खानेपानी तथा सफाइ, महानगरमा सुरक्षित यातायात र जनजीवनका अन्य समस्यामा भिजेका र राम्रो बुझेका उम्मेदवारहरु नेपाली कम्युनिष्ट पार्टीको तारा चिन्ह लिएर मैदानमा हुनुहुन्छ । काठमाण्डौ लगायत देशैभरका परिवर्तनप्रेमी तारावाहक उम्मेदवारलाई बिजय गराउन महिलाहरुको लहर बढेको छ । तारामा मतदान गर्दा नै महिलाको अधिकार र मानव सभ्यता सुदृढ हुने कुरामा दुई मत छैन ।

लेखक अनेमसंघ (क्रान्तिकारी)की नेतृ हुन् ।

वि.सं.२०८२ माघ ९ शुक्रवार १७:०२ मा प्रकाशित

Himalayan Life AD
देशमा रहेका अभिभावकलाई छोराको पत्र, ‘यसकारण तारामा भोट हाल्नुस्’

देशमा रहेका अभिभावकलाई छोराको पत्र, ‘यसकारण तारामा भोट हाल्नुस्’

देशमा चुनाव नजिकीएको छ । हामी धेरै नेपाली युवा बिदेशमा...

यसरी रहन सकिन्छ सधैं स्वस्थ र मस्त

यसरी रहन सकिन्छ सधैं स्वस्थ र मस्त

जीवनभर रोगबाट मुक्त रहन, व्यक्तिहरूले स्वस्थ आहार, नियमित शारीरिक गतिविधि,...

प्रतिनिधि सभाको निर्वाचनः लोकतन्त्रको आधारशीला

प्रतिनिधि सभाको निर्वाचनः लोकतन्त्रको आधारशीला

प्रतिनिधि सभाको उपादेयताः सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना...

राजनीतिमा उभयचर प्रवृत्ति र गद्दारहरू

राजनीतिमा उभयचर प्रवृत्ति र गद्दारहरू

कुनै समय नेपालको राजनीतिमा विशेषगरी कम्युनिस्ट धारमा, “गद्दार” भन्ने शब्द...

आईटी हब बन्दै नेपालः पुराना कानुन बदल्न र स्टार्टअप प्रवद्र्धन गर्न ‘घर-दैलो’ यात्रा सुरु

आईटी हब बन्दै नेपालः पुराना कानुन बदल्न र स्टार्टअप प्रवद्र्धन गर्न ‘घर-दैलो’ यात्रा सुरु

काठमाडौं । पछिल्ला केही वर्षहरूमा नेपालको सूचना प्रविधि (आईटी) क्षेत्र तीव्र...

स्वतन्त्र भनिएको सरकार नै रास्वपाको, देश जलाएको जिम्मा किन लिएनन् ?

स्वतन्त्र भनिएको सरकार नै रास्वपाको, देश जलाएको जिम्मा किन लिएनन् ?

काठमाडौं । तत्कालिन खड्गप्रसाद ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द...