back

यसरी रहन सकिन्छ सधैं स्वस्थ र मस्त

वि.सं.२०८२ माघ ११ आइतवार

1.2K 

shares

जीवनभर रोगबाट मुक्त रहन, व्यक्तिहरूले स्वस्थ आहार, नियमित शारीरिक गतिविधि, पर्याप्त निद्रा, तौल व्यवस्थापन, सुर्तीजन्य वस्तुबाट बच्नु, मदिरा सेवन नगर्नु, तनाव व्यवस्थापन, र नियमित स्वास्थ्य जाँचहरूमा भाग लिनु जस्ता मुख्य दैनिक आनीबानीहरू अपनाउनु र कायम राख्नु पर्छ । साथै नियमित रुपमा योगा, प्राणायाम, ध्यान जस्ता हाम्रा रैथाने ज्ञानमा आधारित साधना गर्न सके अति उत्तम मानिन्छ । धेरै खाने भन्दा थोरै खाने मानिसहरु स्वस्थ रहन्छन् । मानिसको जीवनमा स्वस्थ, व्यस्त र मस्त रहन सक्नु नै ठूलो कुरा हो । अहिलेको आधुनिक जीवनशैली प्रकृतिमैत्री नहुनाले धेरै समस्याहरु भेग्नु परेको अवस्था छ । यस आलेखमा मानिसले आफ्नो जीवनलाई कसरी स्वस्थ, व्यवस्त र मस्त (आनन्दित) राखी सफलतापूर्वक जीवन जिउन सकिन्छ भन्ने बारेमा प्रकाश पार्ने जमर्को गरिएको छ ।

जीवनभर स्वास्थ रहनका लागि मुख्य दैनिक आनीबानीहरू

१.स्वस्थ, सन्तुलित आहार लिनेः विभिन्न प्रकारका फलफुलहरू, तरकारीहरू, सम्पूर्ण अन्न, दुबला प्रोटिनहरू, र स्वस्थ फ्याटहरू, जस्तै भूमध्यसागरीय वा ड्यास आहारमा पाइने खानाको ढाँचामा ध्यान केन्द्रित गर्ने । स्याचुरेटेड फ्याट, ट्रान्स फ्याट, थप गरिएको चिनी, सोडियम र अत्यधिक प्रशोधन गरिएका खाद्य पदार्थहरूको सेवन सीमित गर्नुपर्छ । चिनी नखान पनि सकिन्छ । गुलियो चिज अन्य फलफूल, अन्न, दही, दूध, पनीर आदिबाट पनि पाउ‘न सकिन्छ । नुन एकदम कम खानु उत्तम हुन्छ । खासगरीकन बिहान एक छाक तरकारीमा मात्र प्रयोग गरे पनि हुन्छ । खाना बिहान एक छाक मात्र खाएर बेलुका पख घाम अस्ताउनु अघि नै केही हलुका चिज खान सकिन्छ । धेरै खानेको तुलनामा थोरै खाने मानिसहरु नै धेरै बॉच्दछन् । चामल, गहु‘ भन्दा रैथाने अन्न जस्तै कोदो, फापर, मकै, जुनेलो, कागुनो, चिनो, गहत, मस्याङ्ग, साग, सिस्नु, मोही दही र दूध, अण्डा, माछा आदि खाद्य परिकार निकै स्वस्थकर मानिन्छन् ।

२.नियमित शारीरिक गतिविधि गरी रहने : कम्तिमा १५० मिनेट मध्यम–तीव्रता एरोबिक गतिविधि (जस्तै तेज हिड्ने) वा प्रत्येक हप्ताको ७५ मिनेट जोरदार–तीव्रता गतिविधि, हप्तामा कम्तिमा दुई दिन मांसपेशी–सुदृढीकरण गतिविधिहरूद्वारा पूरक । नियमित व्यायामले स्वस्थ तौल कायम राख्न मद्दत गर्दछ, मुटु र फोक्सोलाई बलियो बनाउँछ, र पुरानो रोगहरूको जोखिम कम गर्दछ । शरीरलाई सधैं चलायमान बनाइ राख्नुपर्छ । नियमित गतिमा नै स्वास्थ्यको राज छुपेको छ ।

३.एक स्वस्थ वजन कायम राख्नेः एक स्वस्थ शरीर मास सूचकांक (बीएमआई) प्राप्त गर्न र कायम राख्न शारीरिक गतिविधि संग क्यालोरी सेवन सन्तुलन अधिक वजन वा मोटो हुनुले टाइप—२ मधुमेह, हृदय रोग, र केही क्यान्सर जस्ता अवस्थाहरूको जोखिमलाई उल्लेखनीय रूपमा बढाउँछ ।

४.पर्याप्त गुणस्तरको निद्रा लिनेः वयस्कहरूले प्रतिरक्षा प्रकार्य, मस्तिष्क स्वास्थ्य, र भावनात्मक कल्याणलाई समर्थन गर्न रातमा ७ देखि ९ घण्टाको गुणस्तरीय निद्राको लक्ष्य राख्नुपर्छ। निद्राको गुणस्तर सुधार गर्न लगातार निद्राको तालिका र दिनचर्या स्थापना गर्नुपर्छ ।

५.सुर्तीजन्य पदार्थबाट टाढा रहने : धुम्रपान नगर्नु (वा यदि तपाईँ हाल धुम्रपान गर्नुहुन्छ भने छोड्नु) हृदय रोग, क्यान्सर, र फोक्सोको रोग सहित धेरै गम्भीर स्वास्थ्य समस्याहरूको जोखिम कम गर्ने सबैभन्दा प्रभावकारी तरिकाहरू मध्ये एक हो ।

६.मदिरा सेवन नगर्नेः अत्यधिक पिउनेले उच्च रक्तचाप, कलेजोको क्षति, र केही क्यान्सरहरू जस्ता गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । मध्यम उपभोगका लागि सिफारिसहरूको पालना गर्नु श्रेयष्कर हुन्छ वा सबैभन्दा ठूलो स्वास्थ्य लाभका लागि पूर्ण रूपमा टाढा रहनुपर्छ ।

७.तनावलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नेः दीर्घकालीन तनावले शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । आफ्नो दैनिक दिनचर्यामा तनाव व्यवस्थापन प्रविधिहरू समावेश गर्ने जस्तै गहिरो सास फेर्ने व्यायाम, वा शौकमा र सहयोगी साथीहरू र परिवारसँग समय बिताउने । अझ यो कुरा उमेर ढल्कदै गए पछि महत्वपूर्ण हुन्छ । परिवार नै बढेसकालको सहारा हो । तर अहिले परमपरागत किसिमको संयुक्त परिवारमा बस्ने चलन कम हु‘दै गएको देखिन्छ । परिणामस्वरुपः घरमा वृद्ध वृद्धा मात्र रहने र छोरा छोरीहरु विदेशमा पलायन हुने क्रम बढ्दै गएकोले नेपाली समाजको परिवारीक संरचनामा वदलाव आएको देखिन्छ । नेपाल एउटा स्वर्गजस्तो मुलुक भए पनि किन मानिसहरु आफ्नो मात्रृभूमि छाडेर रोजगारीको लागि विदेश मात्र जाने विकल्प देख्नु एउटा गंभीर आर्थिक तथा सामाजिक सवाल हो । यसमा हाम्रो विद्यालय तथा विश्वविद्यालयको शिक्षा व्यवहारिक र रोजगारीमूलक हुन नसक्नु नै हो ।

८.राम्रो स्वच्छताको अभ्यास गर्नेः नियमित साबुन पानीले हात धुने र खानाको उचित व्यवस्थापन जस्ता सरल बानीहरूले सङ्क्रामक रोगहरूको फैलावट रोक्न मद्दत गर्न सक्छ । साथै बिहन सबेरै नुहाउने गर्नाले शरीर दिनभरी फूर्तिलो हुन्छ । कपडा पनि सफा लगाउनु पर्छ ।

९.नियमित स्वास्थ्य जाँचहरू तालिका बनाउनेः सम्भावित स्वास्थ्य समस्याहरू चाँडै पत्ता लगाउन रोकथाम स्क्रिनिङ र जाँचका लागि नियमित रूपमा आफ्नो डाक्टर र दन्त चिकित्सकलाई भेट्ने । हरेक दिन खाना खाइ सकेपछि दात माझ्ने, सिफारिस गरिएका खोपहरूसँग अद्यावधिक रहनुपर्छ ।

१०.राती सुत्ने बेलामा नाक, नाइटो र पैतालामा तोरीको तेलले मालिस गर्ने : राती सुत्ने बेलामा दुबै नाकमा दुई दुई थोपा तोरीको तेल राख्ने, नाईटोमा पनि दुई थोपा तेल राखेर मालिस गर्ने र दुबै गोडाको पैतालामा तोरीको तेलले कम्तिमा पनि एक एक मिनेट मालिस गर्नाले चिसोबाट बच्न, टाउको दुख्न, र राती राम्रोसंग निद्रा लाग्दछ । यसले कपाल झर्नबाट रोक्ने, रुगा, खोकी लाग्ने जस्ता समस्याबाट जोगिन सकिन्छ । यो हाम्रो नेपाली समाजमा धेरै पहिलेदेखि चल्दै आएको रैथाने ज्ञान हो । यो असल अभ्यासलाई नियमित रुपमा पालना गरेमा मानिस स्वस्थ तथा निरोगी रहन सहयोग पु¥याउ‘दछ ।

११. सकारात्मक सोंच र व्यवहार गर्नेः समाज, प्रकृति र परिबारसंग सधैं सकारात्मक सोंच र व्यवहार गर्नु हरेक व्यक्तिको लागि जीवनमा फलिफाप वा सम्बन्धमा मधुरता आउन सक्छ । काम गर्दा धर्य, कुशलता, अनुशासीत र नैतिकवान हुनाले सबैतिरबाट सहयोग मिल्न सक्छ । तथापी योजना तर्जुमा, अनुगमन तथा मूल्याङ्न र निर्णय प्रक्रियामा भने आलोचनात्मक दृष्टिकोण अप्नाउनु नै बेश हुन्छ । कुनै पनि सवालको अध्ययन गर्दा भने त्रिकोणात्मक जॉच गरी आर्थिक, सामाजिक, राजनीतिक, वातावरणीय, नीतिगत प्राबधान, राष्ट्रिय तथा अन्तराष्ट्रिय परिबेश, स्थलगत अभ्यास के कस्तो छ सो को विभिन्न कोणबाट विश्लेषण गर्नुपर्छ र सो अनुरुप अभिलेखिकरण गर्नुपर्छ ।

१२.नियमित योग, प्राणायाम र ध्यान गर्ने : नियमति योगा, प्राणायाम र ध्यान गर्दा शरीर स्वस्थ, निरोगी र आरोग्य हुन सक्छ । यो हाम्रो पूर्वीय दर्शनको उपज भएको ज्ञान, शीप र अवधारणा हो । यसले शान्ति तथा जीवनमा सुख र आनन्द प्राप्त हुन सक्छ । नियमित योग, प्राणायाम र ध्यानको साधनाले मानिसलाई रोग लाग्नबाट बचाउ‘छ भने भइरहेका रोगबाट मुक्त हुन सहयोग गर्दछ । ध्यान भनेको मनको व्यवस्थापन गर्ने कला र विज्ञान हो । मनमा शान्ति ल्याउ‘न ध्यान नै एउटा उत्तम विकल्प हो । यी अभ्यासहरु सरल र लागत पैभावकारी छन् जुन विहान बेलुका असल गुरुबाट सिकेर आफैले आधा घण्टा देखि एक घण्टासम्म साधना गर्न सकिन्छ । यसका अतिरिक्त हप्तामा एक दिन ब्रत बस्नु शरीरका लागि लाभकारी हुन्छ ।

यी प्रमाणमा आधारित बानीहरूलाई आजीवन प्रक्रियाको रूपमा अपनाउँदा हाम्रो स्वास्थ्यलाई गहिरो प्रभाव पार्न सक्छ र हामीलाई लामो, रोगमुक्त जीवन बिताउन मद्दत गर्न सक्छ । स्वास्थ्य भन्ने कुरा आफ्नै हातमा छ । स्वस्थ बानी अप्नाएमा शरीरको स्वःउपचार प्रणालीबाट नै धेरै रोगबाट बच्न सकिन्छ ।

निष्कर्ष
स्वस्थ जीवन भनेको कल्याणका लागि दिगो प्रतिबद्धता हो, पौष्टिक आहार, नियमित व्यायाम, र पर्याप्त निद्रा जस्ता लगातार, सन्तुलित बानीहरू मार्फत प्राप्त गरिन्छ, जसको परिणामस्वरूप शारीरिक र मानसिक स्वास्थ्यमा सुधार, जीवनको उच्च गुणस्तर, र पुरानो रोगहरूको जोखिम कम हुन्छ । यो जटिल वा अस्थायी लक्ष्य होइन, बरु एक एकीकृत दृष्टिकोण हो जसले स्थिरतामा जोड दिन्छ र दैनिक जीवनमा बलियो, खुशी र बढी सक्षम महसुस गर्न साना, प्रबन्धनीय परिवर्तनहरू गर्दछ । रैथाने अन्न बालीहरु जस्तै कोदो, फापर, कागुनो, जुनेलो, मकै, तरुल, पिडालु, कर्कलाको गुभा, रायोको साग, सिस्नु, पालुङ्गो, चमसुर, धनियॉ, गाजर, फर्सिको मुन्टा, बोडीको मुन्टा, निगुरो, आलु, घिरौला, फर्सी, लौका, स्कूस, स्कूसको मुन्टा, अम्बा, स्याऊ, नास्पाती, हलुवावेद, केरा, भूईंकटहर, एभोकाडो, किवी, मेवा, ऑप, कागती, निबुवा, विमिरो, जामुन आदि स्वास्थ्यको लागि निकै लाभकारी खाद्य परिकारहरु हुन् । नियमित व्यायाम, योगा, प्राणायाम र ध्यानबाट नै शरीरलाई स्वस्थ राख्न सहयोग पुग्दछ । आफ्नो स्वस्थ्य आफ्नै हातमा छ । आकस्मीक घटनामा भने अस्पताल गई चिकित्सकको सहयोग लिनु पर्ने हुन्छ ।

स्वास्थ नै धन हो । जीवन स्वस्थ छ भने नै आर्थिक उन्नती गर्न सकिन्छ । यो जीवन धेरै अमूल्य छ । शरीरको माया गरे मात्र शरीरले पनि हामीलाई दीर्घ जीवन प्रदान गर्ने हो । शरीर, मन र चेतनाको सही संयोजनले मात्र मानिस आरोग्य हुन सक्छ । स्थूल शरीरभन्दा शूक्ष्म शरीर (मन र चेतना) धेरै शक्तिशाली हुन्छ । मानिस हेर्दा मोटो घाटो देखिए पनि मनोबल कमजोर र चेतनशील छैन भने त्यो व्यक्ति कमजोर नै हुन्छ । मानिसको अन्तिम लक्ष भनेकै स्वस्थ, व्यस्त र मस्त रहनु हो । यी कुराभित्र धेरै रहस्य लुकेको छ । यो बुझ्न हरेक मानिस जागरुक हुनै पर्छ । अनि मात्र आर्थिक रुपमा सबल, सामाजिक रुपमा मर्यादित, र राजनीतिक रुपमा शक्तिशाली हुन सकिन्छ । अस्तु ।

वि.सं.२०८२ माघ ११ आइतवार १२:५१ मा प्रकाशित

Himalayan Life AD
अत्यधिक चिसो बढेपछि स्वास्थ्य मन्त्रालयले गर्यो यस्तो आग्रह

अत्यधिक चिसो बढेपछि स्वास्थ्य मन्त्रालयले गर्यो यस्तो आग्रह

काठमाडौं । अत्यधिक चिसो बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले आवस्यक काम...