back

देशमा रहेका अभिभावकलाई छोराको पत्र, ‘यसकारण तारामा भोट हाल्नुस्’

सन्दर्भ फागुन २१ गतेको निर्वाचन

वि.सं.२०८२ माघ १३ मंगलवार

2K 

shares

देशमा चुनाव नजिकीएको छ । हामी धेरै नेपाली युवा बिदेशमा छाैं । यो पटक पनि हामी मतदानको अवसरबाट बंचित हुन पर्ने अवस्था छ । देशमा नयाँ र पुराना राजनैतिक शक्ति भनिने बिच टकराव छ । पुराना रुपान्तरण नभएको कारण नयाँमा आकर्षण बढेको जस्तो त छ तर गतब्य प्रष्ट छैन । यस्तो बेला आफूले मतदिन नपाएपनि आफना अभिभावकलाई निकै बिचार पुयाएर मतको सदुपयोग गर्न अनुरोध गर्दछु ।

चुनाव नजिकिँदै गर्दा, म एउटा युवा नेपालीका रूपमा विदेशबाट देशको राजनीतिक वातावरण हेर्दा मन भारी भएको छ । बिदेशमा १६ घण्टा बढि काम गरेर आफ्नो परिवार पाल्दै आएको दुःख सुखको अनुभव छ, तथापी देशको भविष्यप्रति चिन्ता अझै गहिरो छ । देशको भाग्य व्यवस्थापन गर्ने प्रणाली राजनीति हो । तर हाम्रो देश सहि लिकमा रहेको छैन । आजका युवा पुस्तालाई हेर्दा, हाम्रो संस्कार, संस्कृति र अनुशासन बिर्सिँदै गएको जस्तो देखिन्छ । राजनीतिलाई सेवा होइन, व्यापार ठानेका केही नेताहरूले देशप्रतिको माया बिर्सेका कारण अराजकता निकै बढे । राजनीतिक अभियन्ताहरूका प्राथमिकता केवल सम्पत्ति र पैसामा केन्द्रित छन् ।

लोकतन्त्र वा गणतन्त्रको सौन्दर्यता देश अनुकुलको निर्वाचन प्रणाली र चुनाव नै हो । अहिले देशमा फेरि चुनाव नजिकिँदैछ । सञ्जालका सडकहरूमा पोस्टर टाँसिएका छन्, नाराहरू गुञ्जिरहेका छन्, जनताको मनमा आशा र आशंकाको तरंग एकैचोटि उठिरहेको छ । तर म जस्तै धेरै युवा आज यी सबै दृश्यहरूको प्रत्यक्षबाट टाढा, छौं । परदेशको एकान्त कोठामा बसेर देशको भविष्यबारे गहिरो सोचमा डुबेका छौं । हामी नेपाली हौ तर आज मत हाल्न नपाउने नेपाली बनेका छौं । अरु देशका युवाहरु पनि यहाँ छन उनीहरुले मजाले मताधिकार पाएका छन । यही यथार्थले मलाई भित्रैदेखि पोलिरहेको छ । मतदान अधिकार केवल कागजी अधिकार होइन, यो नागरिक हुनुको गर्व हो तर त्यो गर्वबाट बञ्चित हुनु एक किसिमको मौन पीडा हो ।

मतदान गर्दा भावनामा होइन, विवेकमा टेकेर निर्णय गर्नुहोस् । लोभ, डर र झूटा नाराभन्दा माथि उठेर देश, जनता र भावी पुस्ताको हितलाई सम्झनुहोस् । किनकि आजको एउटा गलत निर्णय भोलिको पुस्ताले आँसुमा भोग्नुपर्ने हुन सक्छ, र आजको एउटा सही निर्णय देशलाई उज्यालोतर्फ डो¥याउने दीप बन्न सक्छ ।

हामी धेरै नेपाली युवा आज रोजगारी, अध्ययन र जीवनका बाध्यताले देश छोडेर परदेशिन बाध्य भएका छौँ । तर देश छोड्दा देशप्रेम त्यागेर गएका छैनौँ । हाम्रो मन अझै पनि नेपाली माटोकै सुवासले भरिएको छ । बाबु आमाकै मायाले धड्कन चलेको छ । आज देशमा“नयाँ” र “पुराना” भनिने राजनीतिक शक्तिहरूबीच तीव्र टकराव देखिन्छ । पुरानाले आफूलाई समयअनुसार रूपान्तरण गर्न नसकेको आरोप खेपिरहेका छन्, र नयाँप्रति जनताको आकर्षण बढ्दो छ, तर त्यसको गन्तव्य अझै स्पष्ट देखिँदैन । यस्तो अन्योलको समयमा जनताको एउटा मतको मूल्य पहिलाभन्दा झनै ठूलो बनेको छ । हामी आफैँ मत हाल्न नपाउँदा आफ्ना अभिभावक र देशवासीप्रति एउटै आग्रह गर्न चाहन्छौ की मतदान गर्दा भावनामा होइन, विवेकमा टेकेर निर्णय गर्नुहोस् । लोभ, डर र झूटा नाराभन्दा माथि उठेर देश, जनता र भावी पुस्ताको हितलाई सम्झनुहोस् । किनकि आजको एउटा गलत निर्णय भोलिको पुस्ताले आँसुमा भोग्नुपर्ने हुन सक्छ, र आजको एउटा सही निर्णय देशलाई उज्यालोतर्फ डो¥याउने दीप बन्न सक्छ ।

हामी परदेशमा छौं तर हाम्रो मन हरेक पल नेपालमै छ । हाम्रो पसिना यहाँ झर्छ, तर त्यसको आशा र सपना सधैँ नेपाली माटोमै उम्रन चाहन्छ । मत हाल्न नपाएको पीडासँगै हामी यो आशा पनि बोकेर बाँचिरहेको छौ की हाम्रोे देशका मतदाताहरू आफ्नो मतको मूल्य बुझ्नेछन् र सही निर्णयमार्फत देशलाई सही दिशामा लैजानेछन् । देश जोगिनु भनेको माटो जोगिनु मात्र होइन, भविष्य जोगिनु हो । र त्यो भविष्य आजको चुनावसँग गाँसिएको छ ।

हामीले आफै अनुभुत गर्न नपाए पनि २००७ सालको क्रान्ति, २०१७ को कु, २०२८ दखि झापााट चलेको वर्गसंघर्ष, पञ्चायत विरुद्धका आन्दोलन र २०४६ को पहिलो विद्रोह, २०५२ देखि चलेको एैतिहासीक जनयुद्ध र त्यसको जगमा बिकसित २०६२ ६३ को दोस्रो जनआन्दोलन, २०६५ मा प्राप्त गणतन्त्र र २०७२ मा प्राप्त संबिधान सम्मका प्रयास समाज रुपान्तरणका हिसावले योगदान नै हुन् । तर उपलब्धि ब्यबस्थापनसहित जनताको अवस्थामा खास परिवर्तन ल्याउन नसकिएको, कतिपय पुराना पार्टीका ठूला नेताहरु ब्यक्तिवादी, परिवारवादी, स्वेच्छाचारी र भ्रष्टाचारी हुन पुगेको, अहंकार बढेर जेन्जी आन्दोलनको वातावरण तयार भएको, सिंहदरवार जलाउछु भन्नेहरु र जनताको सहकारी घोटाला गरी प्रदुषित राजनीति बढाएको अवस्था छ । अहिले निर्वाचनमा यीनैहरुको तामझाम देखिएको छ ।

२०७० देखि डा. बाबुराम भटराईले बहश गरेको बैकल्पिक शक्ति र रविन्द्र मिश्रहरुले शुरु गरेको अभियान हुदै साझा विवकशिल सम्म हामीले राम्रोसग हेर्न पाएका छौ । २०७०, २०७४ र ७९ मा नयाहरुलाई हामीले सघाउदै र मत दिदै आयौ । घरमा भएका बा आमासँग बालेन र रविहरुलाई बिदेशबाटै भोट मागेर हाईहाई बनायौ तर परिणाम डढेलो, बेथीति र अराजकता ब्यहोयौं । नेपाली जनताको त्याग र बलिदानीबाट प्राप्त अधिकार सुरक्षा गरेर युग सुहाउँदो राजनैतिक सभ्यता बिकास गर्न चुकेपनि तत्कालिन नेकपा (माओवादी केन्द्र) अर्थात् हालको एकिकृत नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका बिषयमा आफनो ईमान र प्रतिबद्धता तुलनात्मक रुपमा कायम गरेको छ । १८ घण्टे लोडसेडिङ्गबाट मुक्त पार्नु, राष्ट्रिय गौरवका आयोजना थप्दै जानु, शुसासन र सामाजिक न्यायका पक्षमा प्रचण्ड र नारायणकाजीहरुको सकरात्मकता रहनु आदीले भईरहेका राजनैतिक दलमा अलिकति राम्रो मान्न पर्दछ । निश्चय पनि नेकपा र सो दल तथा नेताका कमजोरी देश दुनियामा प्रष्टै छन् तर खराव भन्दा कम खराव, कम खराव भन्दा सामान्य र सामान्य भन्दा असल मन पराउने मानवीय तुलनाका हिसावले नेपाली कम्युनिष्ट पार्टी र उसको चुनाव चिन्ह तारामा मतदान गर्नु यो पटक न्यायोचित देखिन्छ । प्रवासमा भएपनि, यो पटक मत दिन नपाए पनि बा आमा लगायत सबै अभिभावकलाई तारामा मतदान गर्न हार्दिक अपिल गर्दछु ।

 

वि.सं.२०८२ माघ १३ मंगलवार १२:०० मा प्रकाशित

Himalayan Life AD
यसरी रहन सकिन्छ सधैं स्वस्थ र मस्त

यसरी रहन सकिन्छ सधैं स्वस्थ र मस्त

जीवनभर रोगबाट मुक्त रहन, व्यक्तिहरूले स्वस्थ आहार, नियमित शारीरिक गतिविधि,...

प्रतिनिधि सभाको निर्वाचनः लोकतन्त्रको आधारशीला

प्रतिनिधि सभाको निर्वाचनः लोकतन्त्रको आधारशीला

प्रतिनिधि सभाको उपादेयताः सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना...

राजनीतिमा उभयचर प्रवृत्ति र गद्दारहरू

राजनीतिमा उभयचर प्रवृत्ति र गद्दारहरू

कुनै समय नेपालको राजनीतिमा विशेषगरी कम्युनिस्ट धारमा, “गद्दार” भन्ने शब्द...

यसकारण ताराले जित्नुपर्दछ काठमाडौँमा

यसकारण ताराले जित्नुपर्दछ काठमाडौँमा

पौष र माघको जाडो छिचोल्दै देश अब लगभग चुनावी गर्मीले...

आईटी हब बन्दै नेपालः पुराना कानुन बदल्न र स्टार्टअप प्रवद्र्धन गर्न ‘घर-दैलो’ यात्रा सुरु

आईटी हब बन्दै नेपालः पुराना कानुन बदल्न र स्टार्टअप प्रवद्र्धन गर्न ‘घर-दैलो’ यात्रा सुरु

काठमाडौं । पछिल्ला केही वर्षहरूमा नेपालको सूचना प्रविधि (आईटी) क्षेत्र तीव्र...

स्वतन्त्र भनिएको सरकार नै रास्वपाको, देश जलाएको जिम्मा किन लिएनन् ?

स्वतन्त्र भनिएको सरकार नै रास्वपाको, देश जलाएको जिम्मा किन लिएनन् ?

काठमाडौं । तत्कालिन खड्गप्रसाद ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द...