back

हिउँदे वर्षाले काँचो इँटामा क्षति

वि.सं.२०८२ माघ १६ शुक्रवार

129 

shares

नेपालगञ्ज । दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति पुगेको छ । यहाँस्थित एउटा भट्टामा ५० लाखदेखि एक करोड थान तयार पारेर सुकाउन राखिएको काँचो इँटामा क्षति पुगेको इँटा व्यवसायी सङ्घ लुम्बिनीका उपाध्यक्ष दीपक अधिकारीले जानकारी दिए । उनका अनुसार बाँकेमा मात्रै करिब रु १० करोडको इँटा नोक्सानी भएको छ ।

उपाध्यक्ष अधिकारीले काँचो इँटामा क्षति पुगेपछि यसको असर उत्पादनमा पर्ने भएकाले इँटाको भाउ बढने सङ्केत गरे । “उत्पादन भएको इँटामा क्षति भएपछि यसको प्रभाव इटाँको बजार भाउमा पनि पर्न सक्छ”, उनले भने । अधिकारीले काँचो इँटाको बिमा गर्न नमिल्ने भएकाले व्यवसायीले वर्षामा क्षति व्यहोर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै पानीले भिजेका कुनै इँटा काम नलाग्ने बताए ।

जिल्लामा रहेका करिब ७० इँटा उद्योग र बर्दियामा रहेका करिब २३ इँटा उद्योगमा तयारी अवस्थामा रहेका काँचो इँटामा वर्षाले क्षति पु¥याएको छ । विगतमा माघ १ गतेपछि मात्रै इँटाभट्टा सञ्चालन हुने भएकाले अहिले इँटा पकाउन तयारी अवस्थामा रहेको समयमा पानी परेपछि क्षति भएको व्यवसायीले जनाएका छन् ।

करिब रु चार करोड लगानी रहेको इँटा उद्योगमा ३०० हाराहारीमा जनशक्ति छन् । एउटा इँटालाई रु १५ पर्छ । बाँकेको नेपालगञ्जबाहेक खजुरा, जानकी, नरैनापुर, डुडुवा, राप्तीसोनारीलगायत स्थानमा इँटाभट्टा सञ्चालनमा रहेका छन् ।

वि.सं.२०८२ माघ १६ शुक्रवार १३:३८ मा प्रकाशित

Himalayan Life AD
दीपक घर्ती मगरको ‘गुलाबी साडी’ गीत सार्वजनिक

दीपक घर्ती मगरको ‘गुलाबी साडी’ गीत सार्वजनिक

काठमाडौँ । लोकप्रिय गायक दीपक घर्ती मगरको नयाँ गीत ‘गुलाबी...

निर्जीवन बीमा बजारमा शिखरको दबदबाकायमैः दोस्रो त्रैमाससम्म २४ अर्ब माथिको व्यापार

निर्जीवन बीमा बजारमा शिखरको दबदबाकायमैः दोस्रो त्रैमाससम्म २४ अर्ब माथिको व्यापार

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३...

दक्षिण कोरियाको औद्योगिक उत्पादन वृद्धि ०.५ प्रतिशतमा सीमित

दक्षिण कोरियाको औद्योगिक उत्पादन वृद्धि ०.५ प्रतिशतमा सीमित

सियोल । दक्षिण कोरियाको औद्योगिक उत्पादन सन् २०२५ मा पाँच...

व्यास नगर अल्ट्रा म्याराथनमा सेनाको बर्चस्व

व्यास नगर अल्ट्रा म्याराथनमा सेनाको बर्चस्व

दमौली (तनहुँ) । व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा आज आयोजना...

युवा सङ्घको अध्यक्षमा गुरुङ

युवा सङ्घको अध्यक्षमा गुरुङ

काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद् प्रथम...

‘निर्वाचन आचारसंहिताको पालना एवम् कार्यान्वयन साझा दायित्व’

‘निर्वाचन आचारसंहिताको पालना एवम् कार्यान्वयन साझा दायित्व’

गण्डकी । निर्वाचन आचारसंहिताको पालाना एवम् प्रभावकारी कार्यान्वयन सबैको साझा...