back
CTIZAN AD

दक्षिण कोरियाको औद्योगिक उत्पादन वृद्धि ०.५ प्रतिशतमा सीमित

वि.सं.२०८२ माघ १६ शुक्रवार

633 

shares

सियोल । दक्षिण कोरियाको औद्योगिक उत्पादन सन् २०२५ मा पाँच वर्षमा सबैभन्दा कम दरमा वृद्धि भएको छ। तथ्याङ्क मन्त्रालयका अनुसार, राजनीतिक अनिश्चितताको प्रभावका कारण पहिलो अर्धवार्षिकमा औद्योगिक उत्पादन सूचकाङ्क मात्र ०.५ प्रतिशतले बढेको छ। यो वृद्धि सन् २०२० पछि सबैभन्दा न्यून हो।

गत वर्षको सुस्त वृद्धि मुख्य रूपमा राजनीतिक अस्थिरताका कारण भएको बताइएको छ। नयाँ सरकारले सन् २०२५ को जूनमा आकस्मिक राष्ट्रपति निर्वाचनमार्फत पदभार ग्रहण गरेको थियो।
उद्योगगत विवरणअनुसार, निर्माण क्षेत्रको उत्पादन १.७ प्रतिशतले वृद्धि भएको छ भने सेवा क्षेत्रको उत्पादन १.९ प्रतिशतले बढेको छ। निर्माताहरूले औसत क्षमता ७२.८ प्रतिशत कायम राखेका छन्, जुन अघिल्लो वर्षको ७२.७ प्रतिशतभन्दा थोरै बढी हो।

यस वर्षको दोस्रो अर्धवार्षिकमा नयाँ सरकारले लागू गरेको नगद सहायता कार्यक्रमका कारण औद्योगिक वृद्धि प्राप्त भएको बताइएको छ।
डिसेम्बर २०२५ मा कृषि, पशुपालन र मत्स्य पालन क्षेत्र बाहेक सबै उद्योगको उत्पादन सूचकाङ्क अघिल्लो महिनाको तुलनामा १.५ प्रतिशतले बढेको छ। त्यस्तै, खुद्रा बिक्री सूचकाङ्क ०.९ प्रतिशतले वृद्धि भएको छ भने सुविधा लगानी ३.६ प्रतिशतले घटेको छ।

आगामी आर्थिक अवस्था मापन गर्ने प्रमुख आर्थिक सूचकाङ्क ०.६ अङ्कले बढेर १०३.१ पुगेको छ भने हालको आर्थिक अवस्था मापन गर्ने समसामयिक सूचकाङ्क ०.२ अङ्कले घटेर ९८.५ पुगेको छ।(रासस/सिन्ह्वा) 

वि.सं.२०८२ माघ १६ शुक्रवार १६:१६ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...