काठमाडौँ । लोकप्रिय गायक दीपक घर्ती मगरको नयाँ गीत ‘गुलाबी साडी’ सार्वजनिक भएको छ ।
दीपक घर्ती मगर र दिपिका बयाम्बु मगरको स्वर रहेको यस गीतमा सुरेश राना मगरको शब्द तथा संगीत छ ।
गीतको हुकलाइन दीपक घर्ती मगरकै रहेको छ भने ¥याप भाग एचबीएन किस्मतले प्रस्तुत गरेका छन् । संगीत संयोजन, मिक्सिङ र मास्टरिङको जिम्मा पनि एचबीएन किस्मतले सम्हालेका छन् । गीतको रेकर्डिङ राज खड्काले डीबी एचडी स्टुडियोमा गरेका हुन् ।
गीतको भिडियो अवि वाग्लेको निर्देशनमा निर्माण गरिएको छ । अवि वाग्ले र कञ्चनको कोरियोग्राफी रहेको भिडियोमा सुबेक्षा, सुरज सिन्जाली मगर, करण शाह र दीपक घर्ती मगरको अभिनय देख्न सकिन्छ ।
छायांकन सुमित तामाङ (जङ्गली)ले गरेका छन् भने सम्पादन तथा रङ संयोजन मिराज अर्यालले गरेका हुन् । मेकअप आर्टिस्टको रूपमा शोभना न्यौपाने रहेकी छन् । भिडियोको पोस्ट–प्रोडक्सन रिमा फिल्म्सले गरेको हो ।
गीत निर्माणमा सरला रोका मगर, रविन्द्र रोका मगर, सङ्गिता मगर, दीपक मैथाने थापा मगर, शुलोचना राई र चन्दा थापा निर्माता रहेका छन् ।
टेकराज घर्ती मगर, कमल घर्ती मगर, हिमा मगर र श्यामकुमारी घर्ती मगरलाई विशेष धन्यवाद दिइएको छ । गीत तथा भिडियो दीपक घर्ती मगर अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
वि.सं.२०८२ माघ १६ शुक्रवार १८:३९ मा प्रकाशित



























