back

निर्वाचनमा कतिपय स्थानमा तालमेल हुन पनि सक्छः उपाध्यक्ष गुरुङ

वि.सं.२०८२ माघ २० मंगलवार

189 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरु आम रुपमा एक्लाएक्लै प्रतिस्पर्धामा रहेका तर कतिपय स्थानमा तालमेल हुन पनि सक्ने बताएका छन् । उनले देश बनाउने नीति र विचारका आधारमा एमाले पहिलो पार्टी हुने जिकिर गरे ।

प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित अन्तरसंवाद कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच तालमेलबारे छलफल भएको भन्ने विषयमा पत्रकारहरुले गरेको प्रश्नमा उपाध्यक्ष गुरुङले बाहिर चर्चामा आए जस्तो अहिलेसम्म एमालेले तालमेलबारे कुनै निर्णय नगरेको तर राजनीतिमा छलफल र संवाद तथा सबै सम्भावना हुन सक्ने बताए । गत भदौ २३ र २४ गतेको घटनालाई हेर्ने दृष्टिकोण एउटै नभएसम्म नेकपासँग तालमेल नहुने स्पष्ट पारे ।

उपाध्यक्ष गुरुङले निर्वाचनका लागि पार्टीले कार्यमूलक सुधारका विषयलाई समेटेर छरितो घोषणापत्र छिट्टै ल्याउने जानकारी दिए ।

वि.सं.२०८२ माघ २० मंगलवार १५:५५ मा प्रकाशित

Himalayan Life AD
सुपका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

सुपका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र...

प्रतिनिधिसभा निर्वाचनः महोत्तरी ३ मा ४१ उम्मेदवार चुनावी मैदानमा

प्रतिनिधिसभा निर्वाचनः महोत्तरी ३ मा ४१ उम्मेदवार चुनावी मैदानमा

जलेश्वर (महोत्तरी) । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र...

अनुगमन प्रभावकारी बनाउन ऐन संशोधन आवश्यक छः मुख्यमन्त्री आचार्य

अनुगमन प्रभावकारी बनाउन ऐन संशोधन आवश्यक छः मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सञ्चालन...

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की

मध्यविन्दु(नवलपरासी) । प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिएमा हिमाली जिल्लामा...

तनहुँमा तीन सय पैँतीस नयाँ उद्योग थपिए

तनहुँमा तीन सय पैँतीस नयाँ उद्योग थपिए

तनहुँ । एकीकृत सेवा कार्यालय दमौलीमा चालु आर्थिक वर्षको छ...

हार्वर्डसँग एक अर्ब डलर क्षतिपूर्तिको माग

हार्वर्डसँग एक अर्ब डलर क्षतिपूर्तिको माग

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो प्रशासनले हार्वर्ड...