back
CTIZAN AD

सुपका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

वि.सं.२०८२ माघ २० मंगलवार

636 

shares

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन सुरक्षा बेस स्थापना गर्दैछ ।

सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ वाहिनीका निमित्त वाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले सुदूरपश्चिमका नौ जिल्लाका १६ वटै निर्वाचन क्षेत्रमा बुधबार भोलिदेखि सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डमा सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा बेस स्थापना गरिने जानकारी दिए ।

“सोह्र वटै निर्वाचन क्षेत्रमा डिएसपीको नेतृत्वमा निर्वाचन सुरक्षा बेस भोलिबाट सञ्चालनमा आउँछन्”, निमित्त वाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले भने, “हामीले निर्वाचन केन्द्रित सुरक्षा योजना बनाएर अघि बढेको छौँ ।”

उनले आसन्न निर्वाचन सुरक्षाका लागि सुदूरपश्चिममा पाँच हजार १०० भन्दा बढी सशस्त्र प्रहरी परिचालन हुने जानकारी दिए । “सबै जिल्लामा निर्वाचन प्रहरीलाई १० दिने तालिम अनुशिक्षण प्रदान गरिरहेका छौँ,” सुवेदीले भने, “निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन सशस्त्र प्रहरीले प्रत्येक निर्वाचन क्षेत्रमा बेस स्थापना गर्ने भएको हो ।”

निर्वाचन सुरक्षामा खटिने सशस्त्रका सकलदर्जालाई अनुशिक्षण तालिमसमेत प्रदान गरिएको सशस्त्र प्रहरी बल वैद्यनाथ वाहिनी अत्तरिया कैलालीले जनाएको छ । सशस्त्र प्रहरीले वाहिनीस्तरमा ‘वाहिनी निर्वाचन सेल’समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

“सबै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय, मतदान अधिकृत र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सशस्त्र प्रहरी परिचालन भइसकेको छ”, उनले भने, “सबै सशस्त्र प्रहरी कार्यालयमा रिर्जभ टोली तयारी अवस्थामा राखिनेछ ।”

सशस्त्र प्रहरीले निर्वाचनअघि अनुगमनसमेत गर्ने जनाएको छ । “अन्य सुरक्षा निकाय र सरोकारवाला निकायसित सशस्त्र प्रहरीले समन्वय सहकार्य गरिरहको छ”, उनले भने, “निर्वाचनअघि साधनस्रोतको व्यवस्थापन गरिनेछ ।” सशस्त्र प्रहरीअन्तर्गत सुदूरपश्चिममा एक हजार ५०० निर्वाचन प्रहरीलाई तालिम सञ्चालन भइरहेको छ ।

वि.सं.२०८२ माघ २० मंगलवार १७:१९ मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...