back
CTIZAN AD

इरानमा सरकार विरोध प्रदर्शनमा संलग्न १४० विदेशी पक्राउ

वि.सं.२०८२ माघ २० मंगलवार

609 

shares

तेहरान । इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मङ्गलबार रिपोर्ट गरेका छन् ।

इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको छ ।

यद्देपी पक्राउ परेका व्यक्तिहरूको राष्ट्रिय पहिचान खुलाईएको थिएन भने प्रदर्शनकारीहरूसँग सम्बन्धित मुद्दाहरूको समीक्षाको क्रममा, पक्राउ परेका मध्ये १३९ जना विदेशी नागरिक भएको निष्कर्ष निकालिएको प्रहरी प्रमुख अहमद नेगाहबानले बताएका छन् ।

तेहरानले प्रदर्शनको क्रममा तीन हजार भन्दा बढीको मृत्यु भएको स्वीकार गरेको छ, भने हिंसाको श्रेय “आतङ्कवादी कार्यहरू लाई दिँदै अधिकांश पिडितहरुमा सुरक्षा बलका सदस्य र निर्दोष दर्शकहरू रहेको बताएको छ ।

अमेरिकामा आधारित गैरसरकारी संस्था, द ह्युमन राइट्स एक्टिभिष्ट न्यूज एजेन्सीले छ हजार ८५४ जनाको मृत्यु भएको पुष्टि गरेको छ, जसमा अधिकांश प्रदर्शनकारीहरू सुरक्षा बलद्वारा मारिएका छन् । यसै विच अन्य अधिकार समूहहरूले मृत्यु हुनेको सङ्ख्या अझ धेरै हुन सक्ने चेतावनी दिएको छ ।

इरानी अधिकारीहरूले संयुक्त राज्य अमेरिका र इजरायलले भड्काएको हत्या र तोडफोड सहितको प्रदर्शन अघिका र्यालीहरू शान्तिपूर्ण प्रदर्शनको रूपमा सुरु भएको बताएका छन् । (रासस÷एएफपी)

 

वि.सं.२०८२ माघ २० मंगलवार १७:५४ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...