back
CTIZAN AD

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

वि.सं.२०८३ असार ८ सोमवार

402 

shares

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ) को तथ्यांकले भने डरलाग्दो परनिर्भरता देखाएको छ ।

नेपालमै सहजै र पर्याप्त मात्रामा उत्पादन गर्न सकिने खाद्यान्न, हरियो तरकारी, फलफूल, डेरी उत्पादन र वनस्पती तेलको आयातमा मात्रै ११ महिनामा नेपालबाट अर्बौँ रुपैयाँ बाहिरिएको देखिएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा अवधिमा खाद्यान्न, तरकारी, फलफूल र खानेतेल जस्ता मुख्य कृषिजन्य उत्पादन मात्रै २ खर्ब ८४ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको छ ।

नेपालमै फल्ने अन्न र तरकारीमा मात्रै ९० अर्ब स्वाहा
कुनै समय धान–चामल निर्यात गर्ने नेपालले ११ महिनामा मात्रै ५५ अर्ब ९३ करोड रुपैयाँको खाद्यान्न आयात गरेको छ । त्यस्तै, गाउँ–गाउँमा उत्पादन गर्न सकिने हरियो तरकारी तथा कन्दमूल मात्रै ३४ अर्ब ९५ करोड रुपैयाँ बराबरको आयात भएको छ । यसले नेपाली भान्सा पूर्ण रूपमा आयातित कृषि उपजमा निर्भर रहेको पुष्टि गर्छ ।

खानेतेल र घ्यूको आयात सबैभन्दा उच्च

भन्सारको तथ्यांक अनुसार सबैभन्दा ठूलो रकम वनस्पती घ्यू र तेलको आयातमा खर्च भएको छ । साउनदेखि जेठ मसान्तसम्म १ खर्ब ६२ अर्ब ३३ करोड रुपैयाँ बराबरको तेल तथा बोसोजन्य कच्चा पदार्थ वा तयारी तेल आयात भएको देखिन्छ । यद्यपि, नेपालले यो अवधिमा १ खर्ब ३१ रुपैंयाँ बराबरको तेल र घ्यू निर्यात पनि गरेको छ, जुन मुख्यतया बङ्गलादेश र भारततर्फ ‘रिफाइन’ गरेर पठाइने गरिएको छ ।

चिया, कफी र मसलामा भने नेपाल नाफमा

नेपालका लागि सुखद पक्ष भनेको चिया, कफी र मसलाको व्यापार हो । नेपालले यस अवधिमा ९ अर्ब ४० करोड रुपैयाँ बराबरको आयात गर्दा १७ अर्ब २९ करोड रुपैयाँ बराबरको नेपाली चिया र मसला विश्व बजारमा निर्यातगर्न सफल भएको छ । यो अवधिमा नेपालले ७ अर्ब ८८ करोड रुपैयाँ बराबर नाफा कमाएको छ ।

अर्थविद्हरूको चिन्ताः कृषि अनुदान कहाँ गयो ?

सरकारले हरेक वर्ष बजेटमा कृषि उत्पादन बढाउने, आत्मनिर्भता हासिल गर्ने र रासायनिक मल तथा बीउमा अर्बौँ अनुदान दिने घोषणा गरे पनि जमीन बाँझो रहने र आयात चुलिने क्रम रोकिन सकेको छैन । तथ्यांकले स्पष्ट पार्छ कि नेपालले विलासिताका साधन वा मेसिनरी मात्र होइन, जीवन धान्नका लागि अत्यावश्यक आधारभूत खाद्यान्न र तरकारीसमेत आफ्नै पौरखले पु¥याउन सकेको छैन । जसका कारण व्यापार घाटा देशको अर्थतन्त्रले थेग्नै नसक्ने गरी १६ खर्ब भन्दा बढी पुगेको छ ।

नेपालमै उत्पादन गर्न सकिने खाद्यबालीहरु

परिच्छेद मुख्य वस्तुहरू ११ महिनाको आयात (रुपैयाँ) अवस्था विश्लेषण
Ch 10 खाद्यान्न (धान, चामल, मकै) ५५ अर्ब ९३ करोड विगतमा निर्यात हुने क्षेत्रमा अचेल विशाल परनिर्भरता।
Ch 07 तरकारी (आलु, प्याज, हरियो तरकारी) ३४ अर्ब ९५ करोड स्वदेशी उत्पादनले बजार नपाउँदा विदेशी तरकारी अर्बौँको भित्रिने।
Ch 08 फलफूल र बदाम (स्याउ, सुन्तला) ३१ अर्ब ७० करो0 कोल्ड स्टोर र व्यावसायिक उत्पादन नहुँदा आयात उच्च।
Ch 12 तेलहन र गेडागुडी (तोरी, सूर्यमुखी) ३१ अर्ब १० करोड स्थानीय तोरी खेती घट्दा कच्चा पदार्थ र दाना आयात बढेको।
Ch 09 चिया, कफी र मसला ९ अर्ब ४० करोड ९.४० अर्ब आयात हुँदा १७.२९ अर्बको निर्यात (७.८८ अर्ब नाफा)।
Ch 04 डेयरी उत्पादन (दूध, चिज, बटर) ५६ करोड ५८ लाख मिल्क होलिडेको मार कायमै रहँदा विदेशी दुग्ध पदार्थ आयात।
Ch 02 मासु (Meat Products) १ करोड १७ लाख मासुमा आत्मनिर्भरता नजिक रहेकाले आयात निकै न्यून।

वि.सं.२०८३ असार ८ सोमवार १७:२० मा प्रकाशित

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...