back
CTIZAN AD

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ साउन १९ मंगलवार

48 

shares

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास (Q4) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै पहिलोपटक वार्षिक खुद नाफा ४ अर्ब रुपैयाँ नाघेको जनाएको छ।

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ४०.६ प्रतिशतले वृद्धि भई ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने प्रति शेयर वितरणयोग्य नाफा ९.०८ प्रतिशत कायम भएको जनाएको छ।

प्रभावकारी वासलात व्यवस्थापनका कारण बैंकको खुद ब्याज आम्दानी (Net Interest Income) १७.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, डिजिटल तथा ट्रान्ज्याक्सन बैंकिङ कारोबार विस्तारसँगै शुल्क तथा कमिसन आम्दानी १६.६ प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।

बैंकका अनुसार ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारमा सुधार आउँदा खुद ट्रेडिङ आम्दानी ८९ प्रतिशतले वृद्धि भई ६८ करोड १४ लाख रुपैयाँ पुगेको छ।

वित्तीय सूचकहरूमा पनि सुधार देखिएको बैंकले जनाएको छ। पुँजी प्रतिफल (Return on Equity) ११.५८ प्रतिशत तथा सम्पत्ति प्रतिफल (Return on Assets) १.०४ प्रतिशत पुगेको छ।

बैंकले वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन, डिजिटल सेवाको विस्तार तथा सुदृढ व्यवसायिक रणनीतिको परिणामस्वरूप उल्लेखनीय वित्तीय उपलब्धि हासिल भएको जनाएको छ। साथै आगामी दिनमा पनि ग्राहककेन्द्रित सेवा, नवप्रवर्तन र दिगो बैंकिङ अभ्यासलाई थप सुदृढ गर्दै मूल्य सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

वि.सं.२०८३ साउन १९ मंगलवार ११:३४ मा प्रकाशित

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...