अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत १० महिनादेखि उनको परिवार एउटा अत्यन्तै भयावह, कारुणिक र हृदयविदारक स्वास्थ्य संकटसँग जुधिरहेको छ । उनकी प्रिय धर्मपत्नी गीता राई (रसाइली) का दुवै मिर्गौला पूर्ण रूपमा विफल हुनुका साथै कलेजोमा गम्भीर समस्या (लिभर सिरोसिस) र मस्तिष्कमा प्रत्यक्ष असर पार्ने ‘हेपाटिक इन्सेफालोप्याथी’ रोग देखिएपछि उनी हाल अस्पतालको शय्यामा जीवन र मरणको अत्यन्तै कठिन दोसाधमा छिन्।
सुरुमा सामान्य स्वास्थ्य समस्या जस्तै देखिए तापनि समयक्रमसँगै यसले सम्पूर्ण परिवारलाई नै हल्लाइदिने गम्भीर चिकित्सकीय संकटको रूप लियो। गीताका दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनलाई बचाउनका लागि नियमित डायलाइसिस, निरन्तर औषधोपचार र बारम्बार विशेषज्ञ डाक्टरहरूको कडा निगरानीमा राख्नुपरेको छ।
प्रत्यारोपणको जटिल प्रक्रिया
गत जुन सुकै १६ देखि जुलाई २३ सम्म पटक-पटक मिर्गौला र कलेजो प्रत्यारोपण विशेषज्ञ सँगको परामर्श, गहन अपोइन्टमेन्ट तथा विभिन्न मेडिकल रिपोर्ट(स्वास्थ्य परीक्षण प्रतिवेदन)हरूका आधारमा गीताको जीवन रक्षाका लागि दुवै अङ्ग (मिर्गौला र कलेजो) को तत्काल प्रत्यारोपण गर्नैपर्ने अनिवार्य निष्कर्ष निकालिएको छ। उनले सामाजिक संजालमा समेत उल्लेख गरेका छन् ।
चिकित्सकहरूका अनुसार दुई(दुईवटा अति महत्त्वपूर्ण अङ्गहरू एकैपटक विफल हुने यस्तो स्वास्थ्य अवस्था अत्यन्तै दुर्लभ र जटिल मानिन्छ। दुवै अङ्ग एकसाथ प्रत्यारोपण गर्नुपर्ने भएकाले जीवित दाताबाट सम्भव नभई ‘डिसीज्ड डोनर’ अर्थात् निधन भइसकेका अङ्गदाताको अङ्ग प्राप्त गरेर मात्र प्रत्यारोपण हुनसक्ने चिकित्सकहरूले स्पष्ट पारेका छन्।
हाल गीताको नाम अमेरिकाको प्रसिद्ध ‘मेडिकल सिटी डलास हस्पिटल’को अङ्ग प्रत्यारोपणको ‘वेटिङ लिस्ट’ अर्थात् प्रतिक्षा सूचीमा समावेश गर्ने प्रक्रिया द्रुत गतिमा भइरहेको छ, जसमा अझै ३ देखि ४ हप्ता लाग्ने बताइएको छ। दोहोरो अङ्ग प्रत्यारोपणका बिरामीले प्राथमिकता पाउने भए तापनि अङ्ग कहिले उपलब्ध हुन्छ र प्रत्यारोपण कहिले सम्पन्न हुन्छ भन्ने कुरा अझै अनिश्चित नै छ।
परिवारमा परेको बज्रपात र आर्थिक-मानसिक संकट
सन् २०२५ को अक्टोबर महिनादेखि नै निरन्तर आर्थिक, शारीरिक र मानसिक तनाव झेलिरहेका दिल रसाइलीका तीन सन्तानहरू पूर्ण रूपमा उनैमा निर्भर छन्। एकातिर श्रीमतीको २४ सै घण्टा स्याहारसुसार, डायलाइसिस र अस्पतालको दौडधुप छ भने अर्कातिर तीन जना सन्तानको हेरचाह र घर(व्यवहार सम्हाल्ने ठूलो जिम्मेवारी छ। आफ्नो तर्फबाट सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य लगाउँदा पनि निरन्तरको महँगो उपचार, औषधि र अस्पताल खर्चले परिवारको आर्थिक मेरुदण्ड पूर्ण रूपमा भत्काएको छ।
‘दुईदुईवटा अति महत्त्वपूर्ण अङ्ग एकैपटक विफल हुनु मेरो लागि एउटा नसोचेको बज्रपात हो। म अहिले शब्दमा व्यक्त गर्न नसकिने पीडा र अनिश्चितताबाट गुजरिरहेको छु। श्रीमतीको सास जोगाउन र छोराछोरीलाई टुहुरो हुन नदिन म २४ सै घण्टा खटिरहेको छु, तर निरन्तरको अस्पताल खर्चले अब मेरो एक्लो प्रयास र क्षमताले मात्र यो विशाल आर्थिक बोझ थेग्न सम्भव भएन’ दिल रसाइलीले अत्यन्तै भारी मन र आँसुभरी नजरले भावुक हुँदै भने।
संसारभरका नेपाली र सामाजिक संघसंस्थासँग गुहार
यसै मानवीय संकटको घडीमा रसाइली परिवारले संसारभरका दयालु मनहरू, आफन्त र नेपाली समुदायसमक्ष सहयोगको हात फैलाएको छ। ‘मर्दापर्दा चाहिने नै समाज र नेपाली भाइचारा हो,’ भन्दै दिल रसाइलीले विशेष गरी अमेरिकास्थित एनएसटि, ग्रेटर अस्टिन नेपाली सोसाइटी, युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका लगायत अमेरिका, क्यानडा, युरोप, बेलायत, जापान, कोरिया, अस्ट्रेलिया र मध्यपूर्वका तमाम सामाजिक संघसंस्थाहरू, सञ्चारकर्मी तथा मनकारी महानुभावहरूलाई गीताको उपचार निरन्तर राख्न र उनको जीवन बचाउन आर्थिक एवम् नैतिक सहयोगका लागि हार्दिक अपिल गरेका छन्।
तपाईको एउटा सानो सहयोग र प्रार्थनाले यी आमालाई नयाँ जीवन दिन सक्छ र एउटा भत्किन लागेको घरलाई पुनस् जोड्न सक्छ।
सहयोग कसरी गर्ने?
(Donation Details):
GoFundMe Link:https://www.gofundme.com/
ZELLE: 512-822-9532 (Dil Rasaili)
Direct Bank Deposit (Bank of America):
Account Name: DIL RASAILI
Account Number:** 586032076380
वि.सं.२०८३ साउन १९ मंगलवार ११:३२ मा प्रकाशित






























