back
CTIZAN AD

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

वि.सं.२०८३ साउन १९ मंगलवार

39 

shares

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड–२0२६’ अन्तर्गत वाणिज्य बैंकतर्फ ‘बेस्ट बैंक अवार्ड’ बाट सम्मानित भएको छ।

भारतको अग्रणी वाणिज्य संस्था इण्डियन चेम्बर अफ कमर्सले नयाँदिल्लीमा आयोजना गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स कार्यक्रममा नबिल बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।

यस अवार्डका लागि बिम्स्टेक सदस्य राष्ट् नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका बैंक तथा वित्तीय संस्थाबीच कडा प्रतिस्पर्धा भएको थियो।

आयोजकका अनुसार सहभागी संस्थाहरूको वित्तीय अवस्था, संस्थागत सुशासन, नवप्रवर्तन, व्यवसाय विस्तार, ग्राहक सेवा तथा समग्र कार्यसम्पादन लगायतका मापदण्डका आधारमा मूल्याङ्कन गरी उत्कृष्ट बैंक छनोट गरिएको हो।

नबिल बैंकले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय सम्मानले बैंकको उत्कृष्ट कार्यसम्पादन, ग्राहकमुखी सेवा, नवप्रवर्तन तथा वित्तीय क्षेत्रप्रतिको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गरेको विश्वास बैंकले व्यक्त गरेको छ।

वि.सं.२०८३ साउन १९ मंगलवार ११:५२ मा प्रकाशित

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय र...

आाजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आाजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (शुक्रबार)का लागि विदेशी मुद्राको...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच तल्लो...

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको वित्तीय...

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

काठमाडौँ । नविल बैंकको आर्थिक वर्ष २०८२/२०८३ को वित्तीय विवरण...

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप...