back
CTIZAN AD

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

वि.सं.२०८३ असार ३ बुधवार

63 

shares
क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ। सरकारी तथ्याङ्कअनुसार आन्तरिक पर्यटक भ्रमण सङ्ख्या सन् २०२४ को २६ करोड एक लाखबाट बढेर सन् २०२५ मा २९ करोड एक लाख पुगेको हो ।
मलेसियाको तथ्याङ्क विभागले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार आन्तरिक पर्यटकको खर्च पनि १३ दशमलव छ प्रतिशतले बढेर १२१दशमलव तीन अर्ब रिङ्गिट पुगेको छ।
पर्यटक तथा एकदिने भ्रमणकर्ताको खर्चमा भएको वृद्धिले समग्र खर्च बढाउन सहयोग गरेको विभागले जनाएको छ । पर्यटकको खर्च १४ दशमलव छ प्रतिशत तथा एकदिने भ्रमणकर्ताको खर्च १२ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ।
कुल आन्तरिक पर्यटक खर्चमध्ये पर्यटकको योगदान ५९ दशमलव पाँच प्रतिशत रहेको छ, जुन सबैभन्दा ठूलो हिस्सा हो। रासस/सिन्ह्वा

वि.सं.२०८३ असार ३ बुधवार ०७:४९ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...