back
CTIZAN AD

इरान-अमेरिका सम्झौता अन्योलमा

वि.सं.२०८३ जेठ २९ शुक्रवार

531 

shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता हुन सक्ने दाबी गर्दै सैन्य आक्रमणको धम्की स्थगित गरिएको बताए पनि तेहरानले भने कुनै अन्तिम निर्णयमा नपुगेको स्पष्ट पारेको छ । मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने भनिएको सम्भावित सम्झौताबारे दुवै पक्षका फरक–फरक दाबी सार्वजनिक भइरहेका छन् ।

तेहरानस्थित विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले शुक्रबार वार्ता जारी रहे पनि सम्झौतामा अन्तिम निष्कर्षमा नपुगेको बताए । उनका अनुसार अधिकांश विषयमा सहमति नजिक पुगे पनि अमेरिकी पक्षले नयाँ माग राखेपछि प्रक्रिया अवरुद्ध भएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सम्झौता ‘उच्च राजनीतिक तहमा स्वीकृत’ भइसकेको दाबी गर्दै इरानमाथि तय गरिएको आक्रमण र बमबारी रोकिएको घोषणा गरेका छन् । उनले हस्ताक्षरको समय र स्थान चाँडै सार्वजनिक गरिने बताउँदै वार्ता सकारात्मक दिशामा अघि बढिरहेको सङ्केत गरे । ट्रम्पका अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय वित्तीय बजारमा तत्काल प्रभाव देखिएको छ, जसअनुसार सेयर बजारमा वृद्धि र तेलको मूल्यमा गिरावट आएको छ ।

सम्भावित सम्झौतामा अमेरिका र क्षेत्रीय सहयोगीहरू, विशेषगरी इजरायल समेत सहभागी रहेको ट्रम्पको दाबी छ । उनका अनुसार वार्ताका मुख्य बुँदा र विस्तृत रूपरेखा सबै पक्षबाट स्वीकृत भइसकेका छन् ।

तर इरानले उक्त दाबी अस्वीकार गर्दै सम्झौता अझै टुङ्गोमा नपुगेको स्पष्ट पारेको छ । तेहरानले अमेरिकी पक्षले बारम्बार अडान परिवर्तन गर्ने गरेको आरोप लगाउँदै वार्ता जटिल बन्दै गएको जनाएको छ । इरानी सञ्चारमाध्यमले ट्रम्पले पछिल्ला महिनामा दर्जनौँ पटक सम्झौता नजिक पुगेको दाबी दोहो¥याएको उल्लेख गर्दै त्यसप्रति शङ्का व्यक्त गरेका छन् ।

यसैबीच राष्ट्रपति ट्रम्पले इरानी सर्वोच्च नेतृत्वले सम्झौता स्वीकार गरेको जस्तो आफूले बुझ्ने बताएका छन् । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पनि छलफल भएको उल्लेख गर्दै सम्झौतामा इरानको समृद्ध आणविक सामग्री हटाउने र मिसाइल पूर्वाधार निष्क्रिय गर्ने विषय समावेश हुने बताए ।

क्षेत्रीय कूटनीतिक प्रयास पनि तीव्र बनेको छ । पाकिस्तान र कतारको मध्यस्थतामा ब्याक–च्यानल वार्ता अघि बढिरहेको बताइएको छ भने इजिप्टले पनि दुवै पक्षलाई उपलब्ध अवसरको सदुपयोग गर्न आग्रह गरेको छ ।

फेब्रुअरी २८ मा इरानमाथि भएको अमेरिका–इजरायल संयुक्त आक्रमणपछि सुरु भएको भनिएको युद्ध अप्रिलको युद्धविरामपछि रोकिएको भए पनि स्थायी समाधान अझै नदेखिएको अवस्थामा पछिल्लो कूटनीतिक पहल आएको हो ।

तेहरानमा भने नागरिकहरू युद्ध र आर्थिक दबाबले निराश बनेका छन् । एक स्थानीय ३५ वर्षीय फार्मासिस्ट माजिदले दुई देशबीचको दूरी अझै ठूलो भएकाले तत्काल सम्झौतामा विश्वास गर्न नसकिने बताएका छन् ।

यता इरानी सैन्य नेतृत्वले अमेरिकाले पुनः आक्रमण गरे कडा प्रतिकार हुने चेतावनी दिएको छ । साथै इरानले हर्मुज जलघाँटीमा निगरानी कडा बनाउँदै तेल तथा ग्यास ढुवानी मार्ग ‘अर्को सूचना नआउन्जेल’ सीमित गरिएको जनाएको छ, जसले विश्व ऊर्जा बजारमा थप दबाब सिर्जना गरेको छ ।

ट्रम्पको आशावादी दाबी र तेहरानको अस्वीकारबीच मध्यपूर्वको कूटनीतिक वातावरण अझै अनिश्चित बनेको छ । (रासस/एएफपी)

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:५१ मा प्रकाशित

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...