back
CTIZAN AD

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

वि.सं.२०८३ जेठ १९ मंगलवार

1.6K 

shares

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण गरिएको छ ।

हालै नेपाल सरकारद्वारा सार्वजनिक आर्थिक वर्षको बजेट तथा नीतिगत व्यवस्थाअन्तर्गत दक्षिण अफ्रिकाको प्रिटोरिया (एचभतयचष्ब) स्थित नेपाली दूतावासलाई हटाउने निर्णयप्रति त्यहाँका नेपालीले गहिरो चिन्ता र चासो प्रकण गर्दै दूतावास निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण गराइएको हो ।

अफ्रिका महादेशका विभिन्न राष्ट्रहरूमा बसोबास, अध्ययन, रोजगार, व्यवसाय तथा सामाजिक गतिविधिमा संलग्न गैरआवासीय नेपाली समुदायमा गहिरो चासो, चिन्ता र जिज्ञासा उत्पन्न गरेको बताइएको छ ।

उक्त राजदूतावासले अफ्रिका महादेशका करिब २२ राष्ट्रहरूसँग सम्बन्धित कूटनीतिक, प्रशासनिक तथा नागरिक सेवा प्रवाह गर्दै आएको अवस्था विद्यमान रहँदा यसको अवसानले हजारौँ नेपाली नागरिकहरू प्रत्यक्ष रूपमा प्रभावित हुने सम्भावना देखिएको पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) अफ्रिका क्षेत्रीय संयोजक मनोज वि कले बताएका छन् ।

‘हामी नेपाल सरकारको सार्वभौम निर्णय प्रक्रियाप्रति पूर्ण सम्मान व्यक्त गर्दै कुनै प्रकारको विरोध वा असहमति प्रकट गर्न खोजेका होइनौँ’, अफ्रिकाका नेपालीको तर्फबाट विकद्धारा गराईएको ध्यानाकर्षण पत्रमा उल्लेख छ, ‘तथापि, यस निर्णयका कारण अफ्रिकामा रहेका नेपाली नागरिकहरूले भोग्नुपर्ने व्यावहारिक कठिनाइ, सेवा पहुँचमा आउने जटिलता तथा राज्यसँगको प्रत्यक्ष सम्पर्कमा उत्पन्न हुने चुनौतीहरूप्रति सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौँ ।’

ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘अफ्रिका आज विश्व अर्थतन्त्रको उदीयमान केन्द्रका रूपमा विकसित हुँदै गएको महादेश हो । प्राकृतिक स्रोतसाधन, तीव्र आर्थिक विस्तार, लगानीका अवसर, अन्तर्राष्ट्रिय व्यापार तथा मानव संसाधनको सम्भावनाले अफ्रिकालाई विश्व समुदायको आकर्षणको केन्द्र बनाइरहेको छ । यस्ता बहुआयामिक सम्भावनाहरूको बीचमा हजारौँ नेपालीहरू विभिन्न अफ्रिकी मुलुकहरूमा व्यवसाय, उद्यम, रोजगार तथा सामाजिक जीवनमा सक्रिय रूपमा योगदान गरिरहेका छन् । यसर्थ, अफ्रिका क्षेत्रमा नेपालको कूटनीतिक उपस्थिति केवल प्रशासनिक आवश्यकता मात्र नभई राष्ट्रियहित, आर्थिक कूटनीति, नागरिक संरक्षण तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको महत्वपूर्ण आधार पनि हो ।’

पत्रमा थप भनिएको छ, ‘हामीलाई विश्वास छ कि राज्यको उपस्थिति आफ्ना नागरिकहरूका लागि केवल सेवा केन्द्रको रूपमा सीमित हुँदैन; यो उनीहरूको सुरक्षा, आत्मविश्वास, राष्ट्रिय पहिचान तथा मातृभूमिसँगको भावनात्मक सम्बन्धको प्रतीक पनि हो। त्यसैले अफ्रिका महादेशमा रहेका नेपालीहरूको संख्या, भविष्यका व्यापारिक तथा लगानीगत सम्भावना, पर्यटन प्रवद्र्धन, श्रम तथा शिक्षा क्षेत्रमा विस्तार हुँदै गएका सम्बन्धहरूलाई दृष्टिगत गर्दा अफ्रिका क्षेत्रमा कम्तीमा एक प्रभावकारी नेपाली कूटनीतिक नियोगको निरन्तर उपस्थिति अपरिहार्य देखिन्छ ।’

‘अतः नेपाल सरकार, विशेषगरी सम्माननीय परराष्ट्र मन्त्रालयसमक्ष हामी विनम्रतापूर्वक अनुरोध गर्दछौँ कि अफ्रिका क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूको अवस्था, आवश्यकता, संवेदनशीलता तथा दीर्घकालीन राष्ट्रिय हितलाई मध्यनजर गर्दै उक्त निर्णयको पुनर्विचार गरियोस् वा अफ्रिका महादेशभित्रै वैकल्पिक रूपमा थप कूटनीतिक प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा गम्भीरतापूर्वक अध्ययन र पहल गरियोस्। हामी आशा गर्दछौँ कि नेपाल सरकारले विश्वभर फैलिएका आफ्ना नागरिकहरूको हित, सुरक्षा र सहज सेवाप्रवाहलाई सर्वोच्च प्राथमिकतामा राख्दै यस विषयमा सकारात्मक, दूरदर्शी र समावेशी निर्णय लिनेछ ।’

मनोज वि क
अफ्रिका क्षेत्रीय संयोजक
गैरआवासीय नेपाली संघ

 

वि.सं.२०८३ जेठ १९ मंगलवार २१:३४ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...