back
CTIZAN AD

विष्णुदेवीधाममा पुरुषोत्तम कथा जारी, सभामुख अर्यालद्वारा आशीर्वाद ग्रहण

वि.सं.२०८३ जेठ १९ मंगलवार

1.9K 

shares

काठमाडौंको पश्चिमी भेगमा अवस्थित चन्द्रागिरि नगरपालिका–१५, तीनथानास्थित पवित्र विष्णुदेवीधाममा एक महिने पुरुषोत्तम मास माहात्म्य कथा श्रद्धा र भक्तिभावका साथ सञ्चालन भइरहेको छ। आध्यात्मिक जागरण, धर्म–संस्कृतिको संरक्षण तथा राष्ट्र शान्तिको कामनासहित आयोजना गरिएको यस धार्मिक अनुष्ठानमा दिनप्रतिदिन भक्तजनहरूको उल्लेखनीय सहभागिता बढिरहेको छ।

हरेक ३२ महिना १६ दिनमा पर्ने अधिकमासलाई पौराणिक मान्यताअनुसार भगवान् पुरुषोत्तमको विशेष कृपाप्राप्त महिना मानिन्छ। यही पवित्र अवसरमा श्री विष्णुदेवी क्षेत्र संरक्षण तथा सुधार समाज ले पुरुषोत्तम मास माहात्म्य कथा आयोजना गरेको हो।

मन्दिर परिसरस्थित सामुदायिक भवनमा सञ्चालन भइरहेको कथामा संस्कृत विषयमा आचार्य उत्तीर्ण युवा कथा व्यास ज्योतिषाचार्य पण्डित सुदीप लोकनाथाचार्य ले दैनिक दिउँसो १ बजेदेखि ४ बजेसम्म कथा वाचन गरिरहेका छन्।

समाजका अध्यक्ष गौरीप्रसाद दवाडीका अनुसार धार्मिक अनुष्ठानमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको आगमन र दर्शन गर्ने क्रम जारी छ। यसैक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल ले ज्येष्ठ १६ गते कथास्थलमा पुगेर दर्शन तथा आशीर्वाद ग्रहण गरेका थिए।

यज्ञ संयोजक प्राध्यापक घनश्याम भण्डारीले देशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरू कथा श्रवण तथा दर्शनका लागि आइरहेको जानकारी दिए। उनले धार्मिक तथा सांस्कृतिक चेतनाको अभिवृद्धिसँगै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले अनुष्ठान आयोजना गरिएको बताए।

समाजका अध्यक्ष दवाडीका अनुसार कथाबाट संकलित दानराशिबाट मन्दिर परिसरमा ५०० किलोग्राम तौलको विशाल घण्ट स्थापना गर्ने योजना रहेको छ।

प्राकृतिक तथा धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने विष्णुदेवीधाम इन्द्रमती र इक्षुमती नदीको प्रस्रवणस्थल हुनुका साथै भगवान् शिवका ६४ ज्योतिर्लिङ्गमध्ये ४९औँ गोलोकेश्वर ज्योतिर्लिङ्ग को उत्पत्तिस्थलका रूपमा परिचित छ।

समितिले धामको समग्र विकासका लागि योग सेवा, हार्मोनियम–तबला तथा शास्त्रीय भजन तालिम, लोकभजन प्रशिक्षण, खैँचडी भजन, ज्येष्ठ नागरिक दिवा सेवा, क्रियापुत्री भवन सञ्चालन तथा प्रत्येक सोमबार नियमित शिव–गङ्गा आरतीजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कथावाचक पण्डित सुदीप लोकनाथाचार्यले समितिले धामको संरक्षण र विकासका लागि गरेको योगदानबाट प्रभावित भएर कथावाचनका लागि निमन्त्रणा स्वीकार गरेको बताए। अघिल्लो वर्ष सम्पन्न शिवपुराण कथामा समेत उनको वाचनशैलीलाई भक्तजनहरूले अत्यधिक रुचाएका कारण यस वर्ष पुनः पुरुषोत्तम मास माहात्म्य कथाका लागि आमन्त्रण गरिएको यज्ञ संयोजक भण्डारीले जानकारी दिए।

ज्येष्ठ ३ गते भव्य शोभाकलश यात्रासहित सुरु भएको यो धार्मिक अनुष्ठान आषाढ १ गतेसम्म सञ्चालन हुनेछ। श्रद्धालु भक्तजनहरूलाई कथा श्रवण, दर्शन तथा पुण्य लाभका लागि सहभागिता जनाउन आयोजकले आग्रह गरेको छ।

वि.सं.२०८३ जेठ १९ मंगलवार २०:२९ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...