back
CTIZAN AD

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

वि.सं.२०८३ साउन २३ शनिवार

15 

shares

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले विद्युतमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्। देशमा विद्युतको अधिकतम प्रयोग बढाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने भन्दै उनले विद्युत उत्पादन तथा खपतलाई प्रोत्साहन गर्नुपर्ने बेला उल्टै कर लगाउनु गलत भएको बताएका हुन्।

घिसिङले कृषकको सिँचाइ तथा सर्वसाधारणले पिउने पानी लिफ्ट गर्न प्रयोग हुने विद्युतमा समेत १३ प्रतिशत भ्याट लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। उनका अनुसार आफू प्राधिकरणको नेतृत्वमा रहँदा सिँचाइको डिमान्ड शुल्क छुट गरी प्रतियुनिट करिब ७ रुपैयाँबाट घटाएर करिब २ रुपैयाँ तथा सामुदायिक खानेपानी लिफ्टको शुल्क करिब ९ रुपैयाँबाट घटाएर ४ रुपैयाँ २० पैसा कायम गरिएको स्मरणा गराएका छन्।

उनले कृषि सिँचाइका लागि विद्युत निःशुल्क गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै अत्यावश्यक क्षेत्रमा सहुलियत दिनुपर्नेमा थप १३ प्रतिशत भ्याट लगाउनु सरकारको गलत नीति भएको बताएका छन्। कृषकले मल, बीउ, ज्याला र कृषि यन्त्रको भाडालगायतका सामग्रीको बढ्दो लागतका कारण समस्या भोगिरहेको अवस्थामा विद्युतमा समेत कर थपिँदा कृषि उत्पादनमा थप दबाब पर्ने उनको भनाइ छ।

घिसिङले गाउँगाउँमा लिफ्ट सिँचाइ तथा खानेपानीका लागि विद्युत अत्यावश्यक भइसकेको उल्लेख गर्दै त्यस्ता सेवामा करको भार थप्न नहुने बताए। उनका अनुसार लिफ्ट सिँचाइबिना कतिपय क्षेत्रमा खेती गर्न कठिन छ भने विद्युतबाट पानी लिफ्ट नगरी ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउन पनि चुनौती छ।

उनले घरायसी विद्युत खपतलाई समेत प्रोत्साहन गर्नुपर्नेमा सरकारले भ्याट लगाएको भन्दै आपत्ति जनाएका छन्। ग्यासको अभाव र आयातमा निर्भरता बढिरहेको अवस्थामा सरकारले इन्डक्सन चुलो प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ। ग्यास सिलिन्डर वितरणको सट्टा सरकारले घर–घरमा इन्डक्सन चुलो पुर्‍याउने योजना ल्याउनुपर्ने उनले बताएका छन्।

“देशमा उत्पादित विद्युत खेर फाल्ने अनि ग्यासमा लाइन लगाउने, यो कस्तो विडम्बना होरु” भन्दै घिसिङले विद्युतको अधिकतम घरेलु प्रयोग बढाउनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार नेपालको विद्युत पूर्वाधारले इन्डक्सन चुलोको प्रयोग र विद्युतीय सवारीसाधनको चार्जिङ बढे पनि त्यसलाई धान्न सक्ने अवस्थामा विकास भइसकेको छ।

विद्युतको घरेलु तथा औद्योगिक खपत बढाउन सके विदेशी मुद्राको सञ्चिति बढाउन, पेट्रोलियम तथा ग्यासको आयात घटाउन र मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढाउन सहयोग पुग्ने घिसिङको भनाइ छ। उनले आफ्नो घरको भान्सा र गाडीसमेत विद्युतबाटै सञ्चालन भइरहेको उल्लेख गर्दै अब देशभर विद्युतको प्रयोग विस्तार गर्नुपर्ने बताएका छन्।

घिसिङले सरकारले विद्युतमा लगाएको भ्याट तत्काल फिर्ता लिन जोडदार माग गर्दै त्यसको सट्टा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापत उठ्न बाँकी रहेको अर्बौं रुपैयाँको विद्युत महसुल असुलीका लागि तत्काल कदम चाल्न आग्रह गरेका छन्।

वि.सं.२०८३ साउन २३ शनिवार ०९:११ मा प्रकाशित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...