back
CTIZAN AD

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

वि.सं.२०८३ जेठ १९ मंगलवार

411 

shares

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका कर्पोरेट ग्राहकहरूले अब विभिन्न बैंकिङ कामकाजका लागि छुट्टाछुट्टै प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् ।
बैंकले आफ्नो प्रणालीमा एपीआई आधारित बैंकिङ प्लेटफर्म ‘र्यापिड’ एकीकृत गरेसँगै यो नयाँ सुविधा सम्भव भएको हो। ‘र्यापिड’ एउटा यस्तो प्रविधि हो जसले बैंकिङ एज ए सर्भिस (द्यबबक्) मोडलमार्फत बैंक, फिनटेक तथा डिजिटल सेवाप्रदायकहरूलाई एकापसमा जोड्ने काम गर्दछ ।

यस नवीन सहकार्यसँगै अब बैंकका कर्पोरेट ग्राहकहरूले आफ्नै सफ्टवेयर वा ईआरपी प्रणालीमार्फत एउटै प्लेटफर्म प्रयोग गरेर विभिन्न बैंकिङ सेवाहरू सजिलै सञ्चालन गर्न सक्नेछन्। यस व्यवस्था अन्तर्गत ग्राहकले खाताको ब्यालेन्स हेर्ने, स्टेटमेन्ट डाउनलोड गर्ने, फण्ड ट्रान्सफर गर्ने, ईएमआई भुक्तानी गर्ने तथा कर्मचारीहरूको तलब वितरण गर्ने जस्ता सम्पूर्ण कामहरू एउटै ठाउँबाट डिजिटल रूपमा गर्न पाउनेछन् ।

यो सेवा सुरु गर्नका लागि ग्राहकले बैंकमा गएर मोबाइल बैंकिङको जस्तै एक पटक मात्र फाराम भर्नुपर्ने हुन्छ र त्यसपछि अधिकांश सेवाहरू अनलाइनमार्फत नै सञ्चालन गर्न सकिने बैंकले जनाएको छ। प्रयोगकर्ताहरूले ‘कनेक्ट विथ एपीआई र्बैकिङ्ग’ विकल्पमार्फत आफ्नो बैंक खाता सजिलै लिङ्क गर्न सक्नेछन्। यसका साथै ग्राहकको अनुमति प्रक्रियालाई समेत डिजिटल बनाइएको छ, जसले गर्दा बैंकिङ कारोबारमा थप सहजता र पारदर्शिता आउने विश्वास गरिएको छ। सुरक्षाको दृष्टिकोणले पनि यस प्लेटफर्ममा एण्ड–टु–एण्ड इन्क्रिप्सन, मल्टिलेयर भेरिफिकेशन तथा अत्याधुनिक सुरक्षा प्रोटोकलहरू प्रयोग गरिएको हुनाले सबै प्रकारका डिजिटल कारोबारहरू पूर्ण रूपमा सुरक्षित रहनेछन् ।

विश्वकै प्रतिष्ठित अवार्ड ’बैंक अफ द इयर २०२४ र २०२५’ को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले नेपाली बैंकिङ क्षेत्रमा डिजिटल क्रान्ति ल्याउँदै यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्डको रूपमा “सिटिजन्स फोनपे क्रेडिट कार्ड” सञ्चालनमा ल्याइसकेको छ। त्यस्तै बैंकले नवयुवाहरूलाई लक्षित गरेर “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट”, एकीकृत अनलाइन प्लेटफर्म “सिटिजन्स डिजी बैंक सेवा”, र फ्रिलान्सरहरूका लागि विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” जस्ता आधुनिक खाताहरू पनि सञ्चालनमा ल्याएको छ। मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सी.आर.एन नम्बर लिन सकिने सुविधाका साथै अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने “क्रस बैंक टेलर” सुविधा समेत बैंकले प्रदान गर्दै आएको छ।

वि.सं.२०८३ जेठ १९ मंगलवार १४:०४ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...