back
CTIZAN AD

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

वि.सं.२०८३ जेठ १९ मंगलवार

432 

shares

काभ्रेपलाञ्चोक । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन काभ्रेपलाञ्चोकको स्थानीय तहलाई निर्देशन दिइएको छ ।

स्थानीय जनप्रतिनिधि सम्मिलित सोमबारको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा त्यससम्बन्धी नेपाल सरकारको कानुनी व्यवस्था कडाइका साथ लागू गर्न उक्त निर्देशन दिइएको हो ।

समितिले स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रका सार्वजनिकस्थलको तत्कालै अनुगमन गरी तोकिएको स्थानभन्दा १०० मिटर वरिपरि सुर्तीजन्य पदार्थको बिक्री तथा सेवन बन्द गराउन भनेको हो । तोकिएको स्थानमा सुर्तीजन्य पदार्थको बिक्री तथा सेवन बन्द गराउने कार्य कडाईका साथ लागू गर्न जिल्लास्थित १३ वटै स्थानीय तहलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।

अधिकारीका अनुसार शिक्षण संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय तथा नेपाल सरकारले तोकेका सार्वजनिकस्थलको वरिपरि सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न नपाइने कानुनी व्यवस्था रहेको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई त्यससम्बन्धी कानुनी व्यवस्थालाई कडाइका साथ लागू गर्न पत्राचारसमेत गरिसकेको प्रजिअ अधिकारीको भनाइ छ ।

जिल्लाको बेथानचोक गाउँपालिकाले सार्वजनिकस्थल वरिपरि सुर्तीजन्य पदार्थको बिक्री–वितरण र प्रयोगमा कडाइ गर्ने भएको छ । गाउँपालिकाद्वारा जारी सार्वजनिक सूचनामा सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने जनाइएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय धुलिखेलबाट प्राप्त परिपत्रका आधारमा उक्त निर्णय कार्यान्वयनमा ल्याउन लागिएको सूचनामा उल्लेख गरिएको छ ।

गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सम्पूर्ण सार्वजनिक तथा संवेदनशील क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री–वितरण र प्रयोग नगर्न व्यापारी, व्यवसायी तथा सर्वसाधारणलाई अनुरोध गर्दै सूचनाको अवज्ञा गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गरिने सूचनामा भनिएको छ ।

वि.सं.२०८३ जेठ १९ मंगलवार १३:५३ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...