back
CTIZAN AD

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

वि.सं.२०८३ जेठ १९ मंगलवार

534 

shares

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई प्रमुख छाता संस्था कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) र नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएशन (एनएमडिए) बीच मोबाइल उद्योगको विकास र क्षेत्रका चुनौती समाधानका लागि संस्थागत सहकार्य सुरु भएको छ ।

क्यान महासंघको खुसिबुस्थित केन्द्रीय कार्यालयमा आइतबार सम्पन्न उच्चस्तरीय छलफलमा दुवै संस्थाले मोबाइल क्षेत्रको नीतिगत सुधार, अवैध आयात नियन्त्रण तथा समग्र मोबाइल इकोसिस्टमलाई व्यवस्थित बनाउन संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

छलफलमा विशेषगरी अनधिकृत च्यानलबाट भित्रिने मोबाइल फोनको कारोबार (ग्रे मार्केट), मोबाइल क्षेत्रको नीतिगत अस्पष्टता, हार्डवेयर व्यवसायको नियमन तथा प्रभावकारी नीतिगत पैरवीका विषयमा विस्तृत छलफल भएको थियो ।

क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरन्जीवी अधिकारीले मोबाइल तथा प्रविधि क्षेत्र मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको उल्लेख गर्दै यस क्षेत्रभित्र देखिएका विकृति र बेथिति अन्त्य गर्न संस्थागत सहकार्य आवश्यक रहेको बताए । उनले अवैध आयातका कारण राज्यले राजस्व गुमाउनुका साथै वैधानिक व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित भएको भन्दै यसको नियन्त्रणका लागि संयुक्त पहल गरिने बताए।

त्यस्तै, एनएमडिएका अध्यक्ष रघु त्रिपाठीले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को प्रभावकारी कार्यान्वयन तथा व्यावहारिक आयात नीतिको आवश्यकता औंल्याउँदै क्यान महासंघसँगको सहकार्यले मोबाइल उद्योगलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

बैठकमा दुवै संस्थाबीच कार्यदिशा समन्वय, साझा चुनौतीहरूको पहिचान तथा दीर्घकालीन सहकार्यको रोडम्याप तयार गर्ने विषयमासमेत सहमति भएको जनाइएको छ ।

कार्यक्रममा क्यान महासंघका कार्यवाहक अध्यक्ष अधिकारीसहित महासचिव, कोषाध्यक्ष तथा कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो । त्यसैगरी एनएमडिका अध्यक्ष त्रिपाठी, निवर्तमान अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा अन्य पदाधिकारीहरू सहभागी थिए ।

दुवै संस्थाले आगामी दिनमा मोबाइल तथा सूचना प्रविधि क्षेत्रका साझा मुद्दामा संयुक्त रूपमा पैरवी गर्दै उद्योगमैत्री वातावरण निर्माणका लागि सहकार्यलाई थप सुदृढ बनाउने जनाएका छन् । पछिल्लो समय अवैध बाटोबाट मोवाइल आयत भैरहेको सन्दर्भमा यी संस्थाहरुको सहकार्यले सकरात्मक परिणम निकाल्न सहयोग पुग्ने जानकारहरुको भनाइ छ ।

वि.सं.२०८३ जेठ १९ मंगलवार १३:२४ मा प्रकाशित

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई...

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

काठमाडौं। नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका...

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई...

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...